
एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १७ असोज/ नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनका लागि दुई गुटको प्यानल तयार भएको छ ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले हालका अध्यक्ष नवराज शर्मालाई नै नेतृत्वका लागि अगाडि सारेका छन् भने स्थायी कमिटी सदस्य खगराज अधिकारीले केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । शर्मा म्याग्दी र अधिकारी लमजुङका हुन् । उनीले उमेद्वारी दर्ता गरेका छन् ।
शर्मा प्यानलमा उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव कास्कीका दामबहादुर विक र उपसचिव महिला पर्वतकी मञ्जु अधिकारी छन् ।
अधिकारी प्यानलबाट उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मि आचार्य, उपसचिव म्याग्दीका सन्तोष रावल र उपसचिव महिलामा कास्कीकी मीना गुरुङ उम्मेदवार छन् ।
अहिले मनोनीत दर्ता भइरहेको छ भने दिऊसो ५ बजेदेखि मतदान सुरु हुनेछ । गण्डकीमा ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् । अधिबेशनले नयाँ कार्यसमिति १ सय ६५ सदस्ययी चयन गर्नेछ ।





