एमाले गण्डकी अधिवेशन आज देखी, ओलीले उद्घाटन गर्ने

-


     क्लिक गण्डकी     
     असाेज १५ गते २०८० मा प्रकाशित


एमाले गण्डकी अधिवेशन आज देखी, ओलीले उद्घाटन गर्ने

एमाले गण्डकी अधिवेशन

पोखरा, १५ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशन आजबाट सुरु हुँदै छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखराको अमरसिंह चौरमा सम्बोधन सहित उद्घाटन गर्ने छन् ।

एमालेले प्रदेश अधिवेशनमा ५० हजारभन्दा बढी कार्यकर्ता उर्तार्ने तयारी गरेको छ । एमालेले गण्डकीमा निर्विरोध नेतृत्व चयन गर्ने दाबी गरीरहेको छ । तर नेताहरू गुटअनुसार विभाजित भएर मत माग्न थालिसकेका छन् ।

गण्डकीमा नेतृत्व छान्न ९ सय ७ जना प्रतिनिधि चयन भएका छन् । ८५ मध्ये ८४ पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएकोमा कास्कीको रुपाले भने मतदान मार्फत् प्रतिनिधि छनोट गरेको हो ।

२ दिन सम्म चल्ने अधिवेशनमा नेतृत्व चयन गर्ने छ । एमाले गण्डकीमा अधिवेशनले हाल ५ सय ५९ जना रहेको प्रदेश कमिटी घटाएर १६५ सदस्यीय कमिटी निर्वाचित गर्ने अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

कास्कीबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि सहभागी चुनिएका छन् ।



Tags: