राजनीति

पार्टी भित्र कुनै गुट छैन, गुटको कुरा गर्नेको विरोध गर्नुपर्छ – इन्चार्ज किरण गुरुङ

पोखरा, २० साउन/ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दावी गर्नुभएको छ । आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँलाई सहयोग गर्ने, उहाँकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो ।… पुरा पढौ

शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री भट्टराई

शिक्षा ऐन छिट्टै टुंगिएर आउछ- शिक्षामन्त्री विद्या भट्टराई
पोखरा, २० साउन/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन संसदीय समितिमा छलफल भइरहेकाले छिट्टै टुंगिने बताएकी छन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐनमा छलफल चलिरहेको बताइन् । उनले शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड बनाइ सकेको बताइन् । मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् । लोकप्रियता वादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न… पुरा पढौ

गण्डकीमा मन्त्रालयको सङ्ख्या नबढाउने -पूर्वमुख्यमन्त्री अधिकारी

खगराज अधिकारी
पोखरा, १९ साउन/ नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताउनुभएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ुगण्डकी दर्पणुको विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताउनुभयो । एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको उहाँको सङ्केत थियो ।… पुरा पढौ

प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री

प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री
पोखरा, ३१ असार/ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । तनहुँ जिल्लामा जन्म थल भएका उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका विजयी भएका थिए । उनी २०३१ साल चैत १ गते तनहुँ शुक्ला ८ मा जन्मेका भए पनि हाल काठमाडौं जाल्पचोक बानियाँटार बस्दै आएका छन् । प्रदीपले २०७४ सालको निर्वाचनमा तनहुँ २ (क) बाट प्रदेश सभा निर्वाचन लडेका थिए । उनले त्यस बेला माओवादी उमेद्र सगँ ५ मतले हारेका थिए । पुरा पढौ

एमाले र काग्रेसबाट सरकारमा जाने मन्त्रीहरु को को

पोखरा, ३१ असार/ सत्तारुढ दल नेकपा एमालेले सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको एमाले स्रोतको भनाई छ ।मन्त्री बन्ने अन्य नेताहरूमा उपमहासचिव पृथ्वीसुबबा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारी पनि एमालेबाट मन्त्री बन्ने तय भएको छ । उनीहरूले पाउने मन्त्रालयको बारेमा अझै केही… पुरा पढौ

कास्कीकी विद्या भट्टराई मन्त्री बन्ने, एमाले र काग्रेसलाई कुन /कुन मन्त्रायल

विद्या भट्टराई
पोखरा, ३१ असार/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भैसका छन् । उनले आज प्रधानमन्त्रीको सपथ लिदै छन् । मन्त्रीमण्डल विस्तार गर्दा कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद विद्या भट्टराई मन्त्री बन्ने भएकी छन् । लगातार २ पटक प्रत्यक्ष निर्बाचन जितेकी भट्टराईको शैक्षिक क्षेत्रमा राम्रो दख्ख राख्छिन् । उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने बढि सम्भावना रहेको एमाले स्रोतले बतायो । काग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले दुई पार्टीका लागि मन्त्रालय बाड्फाड् गरेका छन्… पुरा पढौ

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

केपी शर्मा ओली
पोखरा, ३० असार/ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेस दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त… पुरा पढौ

नयाँ गठबन्धनलाई अवसर र चुनौती दुवै छः सांसद केसी

अर्जुननरसिंह केसी
पोखरा, २५ असार/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै हुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार कार्यक्रममा सांसद केसीले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताए । उनले अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्नु पर्ने बताए । उनले… पुरा पढौ

फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सांसदका रुपमा काम गर्न दिन सर्वोच्चको आदेश

फणिन्द्र देवकोटा
पोखरा, १० असार/ सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए । देवकोटाले भने आफू नेपाल समाजवादी… पुरा पढौ

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक– मुख्यमन्त्री पाण्डे

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक– मुख्यमन्त्री पाण्डे
पोखरा, ८ असार/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताउनु भएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेश सरकारको सहकार्यमा आज आयोजित संसदीय पत्रकार अभिमुखिकरण एवम् अन्तरकृया कार्यक्रममा उहाँले सञ्चार क्षेत्र सम्वद्ध सवैसंग पटक पटक छलफल गरि विधेयकलाई निष्कर्षमा पु¥याइएको बताउनु भयो । समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गदैै उहाँले संसदीय गतिविधिलाई प्रभावकारी वनाउनका लागि पनि सञ्चार क्षेत्रबाट धेरै… पुरा पढौ