गण्डकी प्रदेश सरकारमा एमाले, मन्त्रीपरिषद् विस्तार (को कोलाई कुन कुन मन्त्रालय)

-


     क्लिक गण्डकी     
     भाद्र १७ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, १७ भदौ/ गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ । मन्त्री परिषद् पुरनगठन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिम्मेवारी समेत हेरफेर गर्दै एमालेलाई सहभागीता जनाएको छ ।

यस अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका दिइएको छ ।

एमालेबाट बनेका नयाँ मन्त्रीहरु मध्ये पद्मा जिसीले कृषी मन्त्रालय, कृष्ण पाठकले स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालय र प्रकाश केसीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसका मन्त्री टकराज गुरुङलाई अर्थ, विन्दु थापालाई सामाजिक विकास र नेपाल समाजवादीका फणीन्द्रलाई उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुले पुरानै मन्त्रालय पाएका हुन् ।

सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।