गण्डकी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रीबनेका कृष्णराज पाठक को हुन् ?

-


     क्लिक गण्डकी     
     भाद्र १७ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रीबनेका कृष्णराज पाठक को हुन् ?

गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ । मन्त्री परिषद् पुरनगठन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिम्मेवारी समेत हेरफेर गर्दै एमालेलाई सहभागीता जनाएको छ ।

यस अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका दिइएको छ ।

एमालेबाट बनेका नयाँ मन्त्रीहरु मध्ये पद्मा जिसीले कृषी मन्त्रालय, कृष्ण पाठकले स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालय र प्रकाश केसीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसका मन्त्री टकराज गुरुङलाई अर्थ, विन्दु थापालाई सामाजिक विकास र नेपाल समाजवादीका फणीन्द्रलाई उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुले पुरानै मन्त्रालय पाएका हुन् ।

सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

को हुन् स्वास्थ्य मन्त्री बनेको कृष्णराज पाठक

नाम ः कृष्णप्रसाद पाठक
जन्म मिति ः २०१९÷१०÷११ गते
जन्म स्थान ः बागलुङ नगरपालिका १२ अमलाचौर (साविकको अमलाचौर गाविस)
अध्ययन ः शिक्षा व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण
संक्षिप्त राजनीतिक पृष्ठभूमि
२०३१ सालदेखि नेकपा (मसाल) नजिक विद्यार्थी संगठनमा आवद्ध
२०३९ सालमा नेकपा (मसाल)को सेल कमिटीमा संगठित, विद्यार्थी क्षेत्र हेर्ने जिम्मेवारी

२०४१ सालमा नेकपा (मसाल) परित्याग गरी नेकपा (माले)मा आबद्ध
२०४५ सालमा राजकाज अपराध मुद्दा लागेर ७ दिन हिरासत बसी तारेखमा रिहा
२०४६ को आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको
२०४६ सालमा नेकपा (एमाले) जिल्ला संगठन कमिटी बाग्लुङको संस्थापक सदस्यमा निर्वाचित
एमालेनिकट पिपुल्स भोलुन्टियर्सको संस्थापक केन्द्रीय सदस्य
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य र बागलुङको संस्थापक अध्यक्ष
२०४६ देखि २०५८ सम्म बाग्लुङ जिल्लामा नेकपा (एमाले) को संगठन निर्माण अभियानमा लाग्दा नेकपा (मसाल) बाट पटकपटक कुटपिट र आक्रमणको सामना

२०५४ सालमा वामदेव गौतमले पार्टी विभाजन गर्दा संस्थापन पक्ष (मनमोहन, माधव, केपी) सँगै रहेको
नेकपा (एमाले)को पाँचौं, छैटौँ, सातौँ र दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा प्रथम विधान महाधिवेशन प्रतिनिधि
२०४८ को संसदीय निर्वाचनमा बाग्लुङ जिल्लाको क्षेत्र नं. २ बाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार
२०६१ सालमा माओवादी जनयुद्ध कालमा नेकपा माओवादीद्वारा डेथ वारेन्ट जारी, सबै परिवार विस्थापित । २०६१ चैत २९ गते माओवादीबाट गाउँबाट लखेटिएको ।

२०६२÷२०६३ सालको जनआन्दोलनमा प्रहरीद्वारा गिरफ्तार, १९ दिन हिरासत बसी रिहा
२०६२÷२०६३ सालको जनआन्दोलनमा प्रहरी हस्तक्षेपमा परी गम्भीर घाइते (मेरूदण्डको भागमा चोट लागेको) । जनआन्दोलन घाइतेको ५९७ नं. मा सूचीकृत भई जनआन्दोलन घाइते परिचयपत्र प्राप्त

२०६७ सालबाट नेकपा (एमाले) धौलागिरी अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारी प्राप्त
२०७४ सालमा सम्पन्न नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित
२०७७ फागुनमा नेकपा विभाजनपछि एमालेमै रहेको
२०७८ सालमा कार्यबहाक अध्यक्षको जिम्मेवारी
२०७८ साल भदौमा एमाले विभाजन हुँदा मूलधार नेकपा (एमाले)मै रहेर बागलुङमा माधव नेपालसँग जान लागेका धेरैलाई

एमालेमै राख्न सक्रिय भूमिका खेलेको
२०७८ साल पुसमा सम्पन्न नेकपा (एमाले) जिल्ला कमिटी बाग्लुङको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार
२०७९ सालमा नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीको सचिवालय सदस्य साथै प्रदेशको विज्ञान तथा प्रविधि विभागको विभागीय प्रमुखको जिम्मेवारी प्राप्त
२०७९ सालको संसदीय निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार भई गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित
संसदीय गतिविधिमा सक्रिय, स्पष्ट र निडर वक्ता
२०८० साल असोजमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको सदस्य निर्वाचित

वारेन्ट जारी हुँदाको सम्झना
माओवादी नेता दिनानाथ शर्मा, देवेन्द्र पौडेल र मेरो गाउँ एउटै हो । २०६१ सालतिर अमलाचौर गाविसको भवनमा माओवादी सेनाले आफ्नो क्याम्प राखेको थियो । गाउँ नै उठाएर मैले त्यो हटाएँ । त्यसपछि मेरो परिवार गाउँबाट विस्थापित भयो । परिवार नै बागलुङ बजार सरेको हो । मलाई वारेन्ट जारी भएपछि म पनि बाहिर खुलेआम हिँड्न डर भयो । म पनि बागलुङ बजारतिरै बसेँ ।