राजनीति

रवि लामिछाने संसदपदबाट निलम्बत

रवि लामिछाने
पोखरा, ८ पुष/ संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सुचना जारी गर्दै कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका छन् । लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले संघीय संसद सचिवालयमा पत्र पठाएको थियो । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद… पुरा पढौ

रविलाई निलम्बन गर्न संसद्मा चिठी पुग्यो

रविलाई निलम्बन गर्न संसद्मा चिठी पुग्यो
पोखरा, ७ पुस/ रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद् सचिवालयमा पुगेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ । लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले रविसँग सम्पत्ति शुद्धीकरणमा… पुरा पढौ

आगामी अधिवेशनहरूमा संघीयता कार्यान्वयनसँग जोडिएका कानून बनाउँछौं – सभामुख

देवराज घिमिरे
पोखरा, २ पुस/ पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन गर्दै सभामुख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताए । उनले संघीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसदको प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन नसेको बताए । सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्थाहरू परिवर्तन गरेको बताउँदै अब निर्माणका लागि… पुरा पढौ

उपनिर्वाचन कसले कहाँ कहाँ जिते ?

निर्वाचन चुनाब
पोखरा, १७ मंसिर/ उपनिर्वाचन अन्तरगत अहिले निर्वाचनका मतपरिणामा आउने क्रमजारी छ । कतै गणना भैरहेको छ भने कतै मतपरिणामा आइसकेको छ । आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा सत्ताधारी नेपाली कांग्रेसबाट हालसम्म ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । बर्दियाको ठाकुबाबा नगरपालिका ४ मा अमिन थारु १०४३ मत ल्याइ विजयी भएका छन् भने रौतहटको राजपुर ६ मा अमसे आलम विजयी भएका छन् । त्यसै गरी सत्तारुढ नेकपा एमाललेले हालसम्म चार ठाउँमा जित हासिल गरेको छ । महोत्तरीको रामगोपालेश्वर नगरपालिका २ मा… पुरा पढौ

कास्की काँग्रेसको प्रवक्तामा सिग्देल

नवीन सिग्देल
पोखरा, १३ मंसिर/ नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित हुनुभएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहनुभएका सिग्देललाई प्रवक्तामा मनोनित गर्नुभएको हो । नेपाली काग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा मनोनयन गरेको पत्रमा उल्लेख छ । प्रवक्तामा सिग्देललाई मनोनित गरे सँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको निती, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त… पुरा पढौ

कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
पोखरा, ५ मंसीर / नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी प्रदान गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार वसेको बैठकले सर्वसम्मत कास्कीका उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको हो। वैठकले विभिन्न कारणले रिक्त रहेका ४ जनालाई जिल्ला सदस्यमा चयन गरेको छ । जिल्ला सदस्यहरुमा वृद्धिमान गुरुङ, दयासागर सुवेदी, राजाराम पौडेल र दुर्गा अधिकारी चयन भएको नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले जानकारी दिनुभयो । बैठकले पार्टीका क्रियाशिल सदस्यता नविकरण गर्न शुरु गर्ने… पुरा पढौ

पोखरा महानगरमा विशेष नगर सभा बोलाउन एमालेको माग

पोखरा महानगरमा विशेष नगर सभा बोलाउन एमालेको माग
पोखरा, २९ कात्तिक/ पोखरा महानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विशेष नगर सभा बोलाउन माग गरेका छन् । महानगरको संस्थागत सुशासन र विधिको शासन कायम गर्न वान्छनीय भएको र तत्काल नगर सभा सञ्चालन रहेकोले र विभिन्न प्रस्तावमा छलफल गरी निर्णय गर्नुपर्ने भएको भन्दै एमालेबाट निर्वाचित ८७ जनप्रतिनिधिले विशेष अधिवेशनको माग गरेका हुन् । नगर सभामा १ सय ७० जना सदस्य छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ एवम् पोखरा महानगर नगर सभा सञ्चालन कार्यविधि २०७४… पुरा पढौ

धनराज गुरुङ माथि पनि अनुसन्धान हुन्छः गृहमन्त्री रमेश लेखक

गृहमन्त्री रमेश लेखक
पोखरा, १४ कात्तिक/ गृहमन्त्री रमेश लेखकले नेपाली काग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए । उनले धनराजजी माथि पनि अनुसन्धान हुने बताउदै तथ्य प्रमाणले गैरकानुनी काम गरेको देखिएमा कारबाही हुने बताए । उनले कसैलाई पनि तत्य र प्रमाणका आधारमा पक्राउ र अनुसन्धान हुने बताए । मन्त्री लेखकले गोरर्खा मिडियाका चार जनालाई कार्वाहीका लागि सिफारी गरेका कारण रवि लामिछानेलाई पक्राउ गरेको बताए… पुरा पढौ

रास्वपा सभापति लामिछानेको दोस्रो दिनको बयान सरकारी वकिलको कार्यालयमा

सरकारी वकिलको कार्यालयमा
पोखरा, ६ कात्तिक /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिएको छ । मंगलबार बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो । यसअघि सोमबार भने जिल्ला प्रहरी कार्यालयमा नै लामिछानेलाई बयान लिएका थिए । रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए । त्यसपछि आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए । उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी)… पुरा पढौ

पोखरामा रविको समर्थकनमा रास्वपाको प्रदर्शन

पोखरामा रविको समर्थकनमा रास्वपाको प्रदर्शन
पोखरा, ३ कात्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजी सहित प्रदर्शन गरेका हुन् । सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको आरोप छ । उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाए । गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए । शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई राति… पुरा पढौ