सरकारी वकिलको कार्यालय
पोखरा, ६ कात्तिक /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिएको छ । मंगलबार बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो ।
यसअघि सोमबार भने जिल्ला प्रहरी कार्यालयमा नै लामिछानेलाई बयान लिएका थिए । रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए ।
त्यसपछि आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए ।
उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।
रास्वपा कार्यकताले पोखरामा आज पनि प्रर्दशन गरेका छन् । पोखराको जिरो किलोमिटरबाट निकालेको विरोध ¥याली पोखरा अमरसिंह चोकमा गएर टुङगिएको थियो ।