राजनीति

पोखरामा शनिबार एमालेको जागरण सभा, १८ हजार जना उतार्ने तयारी

पोखरामा शनिबार एमालेको जागरण सभा, १८ हजार जना उतार्ने तयारी
पोखरा, २९ चैत/ नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र उक्त र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९,… पुरा पढौ

गण्डकीका मन्त्री थापाको तलब भत्ता ७९ लाख सामाजिक सेवामा खर्च

गण्डकीका मन्त्री थापाको तलब भत्ता ७९ लाख सामाजिक सेवामा खर्च
पोखरा, १९ चैत/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा सामाजीक क्षेत्रमा खर्च गरेका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकता अनुसार रचनात्मक कार्यमा सहयाग गर्दै आएको बताए । मन्त्री थापाले २०७४ सालदेखि हालसम्म प्रदेशसभा सचिवालय र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ प्राप्त गरेका छन्… पुरा पढौ

राजावादीको प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु, २२ घाइते

राजावादीको प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु, २२ घाइते
पोखरा, १५ चैत/ राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । राजावादीहरूको प्रदर्शनमा घाइते भएका उनको उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पु¥याइएको थियो । त्यसै गरी राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको विवरण अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारी… पुरा पढौ

जनप्रियमा अनेरास्ववियुबाट आविष्कार स्ववियु सभापतिको उम्मेद्वार को हुन् आविष्कार ?

आविष्कार केसी
पोखरा, १९ फागुन/ नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति पदका उम्मेद्वार घोषणा गरेको छ । पार्टी जिल्ला कमिटी सचिव दर्शन लामाको प्रमुख आतिथ्यतामा सोमबार क्याम्पस गेटमा आयोजित कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इलाका इन्चार्ज महेन्द्र उपाध्याय (मन्नु)ले उम्मेद्वार घोषणा गरेका हुन् । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुबाट संगठनका क्याम्पस कमिटी संयोजक आविष्कार केसी सभापति लड्ने इन्चार्ज पौडेलले सार्वजनिक गरे । प्रत्यक्ष निर्वाचन… पुरा पढौ

राजनीतिक नेतृत्व र कर्मचारीकै कारण प्रदेशमाथि प्रश्न उठ्योः मुख्यमन्त्री पाण्डे

राजनीतिक नेतृत्व र कर्मचारीकै कारण प्रदेशमाथि प्रश्न उठ्योः मुख्यमन्त्री पाण्डे
पोखरा, १५ फागुन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारप्रति प्रश्न उठ्नुको कारण परम्परागत केन्द्रीकृत शासन सत्ता रहेको दाबी गरेका छन् । पोखरामा जारी ‘एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल’को ‘प्रदेशको पाइला’ सत्रमा पत्रकार भरत कोइरालासँगको संवादमा मुख्यमन्त्री पाण्डेले केन्द्रीकृत शासन सत्ताको परम्पराबाट बाहिर निस्कन नसकिएको बताए । राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रमा अधिकार हस्तान्तरण गर्न नचाहने समस्या देखिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । ‘केन्द्रीकृत शासन सत्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा देखिन्छ । मैले उपयोग गरिरहेको अधिकार अरूलाई हस्तान्तरण गर्न नचाहने… पुरा पढौ

सरकारले छाडापन नियमन गर्न खोजेको होः सञ्चारमन्त्री गुरूङ

सरकारले छाडापन नियमन गर्न खोजेको होः सञ्चारमन्त्री गुरूङ
पोखरा, १५ फागुन/ सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले संसदमा विचाराधीन छ । विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न संघसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन् । विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको धेरैको दाबी छ । तर, संसदमा विधेयक पेस गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न विधेयक ल्याएको बताएका छन् । बिहीबारबाट पोखरामा सुरु भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘सञ्चार संवाद’ मा उनले असभ्यतिर जान लागेको समाजलाई रोक्न विधेयक ल्याएको प्रष्टिकरण दिए… पुरा पढौ

गण्डकी प्रदेशको पर्यटन र संस्कृतिका लागि काम गर्ने युवालाई एकीकृत हुन रास्वपाको आव्हान

गण्डकी प्रदेशको पर्यटन र संस्कृतिका लागि काम गर्ने युवालाई एकीकृत हुन रास्वपाको आव्हान
पोखरा, ७ फागुन/ राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिको लागि काम गर्न इच्छुक युवाहरूलाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ। बुधबार रास्वपाका गण्डकी प्रदेशस्तरीय पर्यटन तथा सांस्कृतिक विभागुका प्रमुख महेश भण्डारीले एक विज्ञप्ति जारी गर्दै केन्द्र र प्रदेश स्तरीय समितिसँगै विभिन्न विभागहरू पनि बिस्तार हुने क्रममा रहेको बताउँदै गण्डकी प्रदेशमा रहेका एघार वटै जिल्लालाई समेट्ने गरी विभागलाई पूर्णता दिने बताएका छन्। ुपार्टी सभापति रवि लामिछानेमाथि झुटा मुद्दाहरू लगाएर पार्टीमाथि प्रतिशोध साँधेको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ु साथसाथै… पुरा पढौ

फागुन ९ गते पोखरामा राप्रपाको विरोध सभा, विमानस्थल भ्रष्ट्राचारको भण्डाफोर गर्ने

फागुन ९ गते पोखरामा राप्रपाको विरोध सभा, विमानस्थल भ्रष्ट्राचारको भण्डाफोर गर्ने
पोखरा, ७ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते पोखरामा विरोध सभा कार्यक्रम गर्दैछ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा राप्रपाले पोखरामा विरोध सभा गर्न लागेको हो । नविन समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले भ्रष्ट्राचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको बताए । ‘हामीले ४२ बुँदै ज्ञापनपत्र बुझायौं । प्रधानमन्त्रीदेखि स्थानीय तह, जिल्लामा गएर ज्ञापनपत्र बुझाइसकेका… पुरा पढौ

रुपाताल संरक्षण सम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्को निर्देशन

दीपक खड्का
पोखरा, २४ माघ/ ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको निरीक्षण गर्दै उनले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले प्रतिबद्धता बनाए ।तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले ५ सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । १ सय २२ हेक्टर… पुरा पढौ

एकढिक्का भए बहुमत ल्याउन सकिन्छः देउवा

एकढिक्का भए बहुमत ल्याउन सकिन्छः देउवा
पोखरा, २१ माघ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक ढिक्का हुने हो भने नेपाली काग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताएका छन् । यही निर्वाचन प्रणालीबाट पनि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का हुदाँ बहुमत ल्यान सकिने बताए । नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा आयोजित ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘बहुमत प्राप्त गर्न पनि त्यति सजिलो छैन ।’ उनले भने ‘तैपनि हाम्रो पार्टी… पुरा पढौ