राजावादीको प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु, २२ घाइते

-


     क्लिक गण्डकी     
     चैत्र १४ गते २०८१ मा प्रकाशित


राजावादीको प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु, २२ घाइते

राजावादीको प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु, २२ घाइते

पोखरा, १५ चैत/ राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

राजावादीहरूको प्रदर्शनमा घाइते भएका उनको उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पु¥याइएको थियो ।

त्यसै गरी राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको विवरण अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् ।

प्रदर्शनमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना शाही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् ।

त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार चन्द्र बुढा र अर्को एक जना घाइते भएका छन् । राजावादी प्रदर्शन तोडफोड र आगजनी गरेको छ ।