राजनीति

नागरिकलाई प्रष्ट छ, अख्तियार नै भ्रष्ट छ भन्दै लाइटबालेर पोखरामा प्रर्दशन

नागरिकलाई प्रष्ट छ, अख्तियार नै भ्रष्ट छ भन्दै लाइटबालेर पोखरामा प्रर्दशन
पोखरा, ३० साउन/ नेपाल समाजवादी पार्टी (नेसपा) ले भ्रष्टाचारीलाई कार्वाही गर्न माग गर्दै पोखरामा प्रर्दशन गरेको छ । नेपाल समाजवादी पार्टी कास्कीले अख्तियार कार्यालय पोखराको कार्यालय अगाडी लाइट बालेर प्रर्दशन गरेको हो । उनीहरुले अख्तियार प्रमुखलाई महाअभियोग लगाउन, पोखरा लिचिबारी जग्गा प्रकरणका मुछिएका मन्त्रीलाई कार्वाही, पोखरा विमानस्थलमा अनियमितता गर्नेलाई कार्वाही लगाएतका माग राख्दै नारा लगाए । देशमा दिनदिनै भ्रष्टाचार बढि रहेदा पनि अख्तियार चुप लागेर बसेको, पोखराको चर्चीत लिचिबोट मुछिएकालाई कारवाही नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई… पुरा पढौ

पोखराका अशोक रास्वपा प्रचार विभाग सदस्यमा मनोनीत

पोखराका अशोक रास्वपा प्रचार विभाग सदस्यमा मनोनीत
पोखरा, २१ साउन/ पोखराका अशोक खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अभियान तथा प्रचारप्रसार विभाग सदस्यको जिम्मेवारी पाएका छन् । खड्कालाई पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले बुधबार विभाग उनलाई सदस्य मनोनयन गरेका हुन् । विभाग प्रमुख मनिष झाको सिफारिसमा महामन्त्री बुर्लाकोटीले खड्कालाई सदस्य मनोनयन गरेका हुन् । खड्कालाई सदस्य मनोनयन गर्न विभागले मंगलबार महामन्त्री बुर्लाकोटीलाई सिफारिस गरेको थियो । खड्का पोखरा–७ राधाकृष्ण मार्ग निवासी हुन् । उनी पानी उद्योगी हुन् । उनी पोखरामा ‘पिउरो’ ब्राण्डको पानी कम्पनीका निर्देशक हुन् । खड्का युवा… पुरा पढौ

संघीय सरकारले कानून बनाउन नसक्दा प्रदेशको सरकार आलोचना- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह

संघ सरकारले कानून बनाउन नसक्दा प्रदेशको सरकार आलोचना कार्यवाहक प्रधानमन्त्री सिंह
पोखरा, १९ साउन/ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संघ सरकारले आवश्यक कानुन बनाउ ढिलाई गर्दा प्रदेश र स्थानीय सरकारको महत्व घट्दै गएको बताएका छन् । पोखरामा शहरी विकास कार्यालयको भवन उद्घाटन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री समेत रहेका सिंहले संघियताको भावना अनुरुप कानुन बनाउन नसक्दा संघियता विरोधी स्वर सुनिन थालेको बताए । संविधान परिकल्पना गरे अनुसार अधिकारहरु प्रदेश र स्थानीय तहमा पु¥याउन नसकेको बताए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले प्रदेश सरकारलाई अधिकार नदिदा काम गर्न अप्ठेरो… पुरा पढौ

अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको सह अध्यक्षमा पोखराका हिक्मतजङ्ग कार्की निर्वाचित

अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको सह अध्यक्षमा पोखराका हिक्मतजङ्ग कार्की निर्वाचित
पोखरा, १७ साउन/ अमेरिकाको नेसभिल शहरमा सम्पन्न अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको सह अध्यक्षमा नेपालका हिक्मतजङ्ग कार्की निर्वाचित भएका छन् । परिषद् बैठकमा राप्रपाको प्रतिनिधित्व गर्दै सह–अध्यक्ष पदमा उमद्वारी दिएका थिए । राप्रपा केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की पोखराका युवा हुन् । संघको अध्यक्षमा अष्ट्रियाबाट ईभा डोहोलेभा, महासचिवमा ग्रीसका ओस्ट्रियोस, कोषाध्यक्षमा अष्ट्रेलियाबाट, तथा सह–महासचिव पदमा अमेरिकाबाट प्रतिनिधित्व भएको छ। मतदानमा ३९ देशको प्रतिनिधित्व भएको थियो । पुरा पढौ

अनेरास्ववियु गण्डकी प्रदेश इञ्चार्जमा सुबेदी

किशोर सुवेदी
पोखरा, १६ साउन/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को गण्डकी प्रदेश इञ्चार्जमा किशोर सुवेदी नियुक्त भएका छन् । त्यसै गरी संयोजकमा सुशन घिमिरे, सह संयोजकमा विश्वदर्शन पराजुली, सह संयोजक सुरज सापकोटा नियुक्त भएका छन् । सुबेदी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशतर्फ खुला सदस्य तर्फ निर्वाचीत भएका थिए । उनले सातवटै प्रदेशमध्ये खुला तर्फ अत्यधिक मत प्राप्त गरी भूगोलतर्फ ९३१ मत प्राप्त गरेका थिए । पुरा पढौ

कास्की काग्रेसः नेता केसी लगायतको कारबाही फिर्ता गर्न माग

कृष्णबहादुर केसी
पोखरा, ८ साउन/ नेपाली काँग्रेस कास्कीका नेताहरुमाथिको कारबाही फिर्ताको माग बरोबर उठिरहेको छ । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले नेपाली काँग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी, पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकीका पूर्व मन्त्री कुमार खड्का र भावना श्रेष्ठलगायतमाथि गरिएको अनुशासन कारबाही फिर्ताको माग गरेको हो । बुधबार बसेको क्षेत्रीय बैठकले अनुशासनको कारबाही अनुमोदन नगर्नू भनी काँग्रेस सभापति शेरबहादुर देउवा र अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानालाई छुट्टाछुट्टै पत्र पठाएको छ । क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेद्वारा हस्ताक्षरित सो पत्रमा अनुशासन… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा, पद्मा जिसी कार्यवाहक मुख्यमन्त्री

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा, पद्मा जिसी कार्यवाहक मुख्यमन्त्री
पोखरा, ६ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीनको ल्हासा प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेसहितको उच्चस्तरीय टोली चीन भ्रमणमा गएको हो। टोलीमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य समेत सहभागी छन्। भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले कोरला नाका खोल्ने तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चीन सरकारसँग उच्चस्तरीय पहल गर्ने कार्यक्रम रहेको बताइएको छ। साथै, दुई देशबीच व्यापार सहरीकरणसम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ। मुख्यमन्त्री पाण्डेको अनुपस्थितिमा गण्डकी… पुरा पढौ

दीपक मनाङेको सांसद पद खारेज

दीपक मनाङे
पोखरा, ४ असार/ गण्डकी प्रदेशका सांसद राजीब गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद आजका दिनदेखि बदर भएको निर्णय गरेको हो । पुरा पढौ

माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरी भण्डारी बिजयी

माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरी भण्डारी बिजयी
पोखरा, १ असार/ नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरी भण्डारी विजयी भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । हरिप्रसाद भण्डारीले निकटतम प्रतिपधि जनकराज पराजुलीलाई १६ मतान्तरले पराजित गरे । महानगर कमिटीका ८६ सदस्य मतदाता रहेको चुनावमा भण्डारीले ५१ मत प्राप्त गर्दा पराजुलीले ३५ मत प्राप्त गरे । पराजित पराजुली निवर्तमान सचिव हुन् । तीन उपाध्यक्षमा अर्जुन मल्ल, पेनीमाया अधिकारी र पुष्पकमल ढुङ्गाना बिजयी भए । उपाध्यक्षमा… पुरा पढौ

पोखरा कस्तो बनाउने भन्ने बारे कास्की काग्रेसको अवधारणा सार्वजनिक

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २८ जेठ/ नेपाली कांग्रेस कास्कीले पोखराको दीर्घकालिन विकासको अवधारणा सार्वजनिक गरेको छ । पार्टी कार्यालयका बिहीबार पत्रकार सम्मेलन गरेर सभापति किशोरदक्त बरालले अवधारण पत्र सार्वजनिक गरे । पोखरा अन्तराष्ट्रिय विमानस्थल, फोहोर मौला व्यवस्थापन,सहर सौन्दर्यकरण, राजश्व संकलन, विद्यालय शिक्षा, सुशासन, पोखरा औधोगिक क्षेत्र, ताल संरक्षण लगायतका ११ बुदाँमा अवधारणा पत्र तयार गरिएको छ । सहरलाई हरियाली, सुरक्षित र स्मार्ट बनाउने अभियान अन्तरगत दिगो यातायात र ट्राफिक व्यवस्थापनलाई अवधारणा पत्रमा प्राथमिकता दिइएको छ । इलेक्दि«क सवारी साधनको प्रयोग र मुख्य सहरी… पुरा पढौ