
माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरी भण्डारी बिजयी
पोखरा, १ असार/ नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरी भण्डारी विजयी भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
हरिप्रसाद भण्डारीले निकटतम प्रतिपधि जनकराज पराजुलीलाई १६ मतान्तरले पराजित गरे । महानगर कमिटीका ८६ सदस्य मतदाता रहेको चुनावमा भण्डारीले ५१ मत प्राप्त गर्दा पराजुलीले ३५ मत प्राप्त गरे । पराजित पराजुली निवर्तमान सचिव हुन् ।
तीन उपाध्यक्षमा अर्जुन मल्ल, पेनीमाया अधिकारी र पुष्पकमल ढुङ्गाना बिजयी भए । उपाध्यक्षमा बिजयी मल्लले ५४, अधिकारीले ५३ र ढुङ्गानाले ४९ मत प्राप्त गरे । पराजित गीता खनालले ३२ मत र दयाराम तिवारीले १० मत मात्रै प्राप्त गरे ।
कमिटीको सचिवमा यसअघि नै सूर्यप्रकाश तिवारी सर्वसम्मत निर्वाचित भएका थिए । कोषाध्यक्षमा भएको निर्वाचनमा रामप्रसाद पाण्डेलाई १४ मतान्तरले पराजित गर्दै अनिल परियार निर्वाचित भए । बिजयी परियारले ४९ मत प्राप्त गर्दा पराजित पाण्डेले ३५ मत प्राप्त गरे ।
त्यस्तै, सहसचिवमा भीम नेपालीलाई १९ मतान्तरले पराजित गर्दै चन्द्रबहादुर गुरुङ बिजयी भए । बिजयी गुरुङले ५२ मत प्राप्त गर्दा पराजित नेपालीले ३३ मत प्राप्त गरे ।





