
पोखराका अशोक रास्वपा प्रचार विभाग सदस्यमा मनोनीत
पोखरा, २१ साउन/ पोखराका अशोक खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अभियान तथा प्रचारप्रसार विभाग सदस्यको जिम्मेवारी पाएका छन् ।
खड्कालाई पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले बुधबार विभाग उनलाई सदस्य मनोनयन गरेका हुन् ।
विभाग प्रमुख मनिष झाको सिफारिसमा महामन्त्री बुर्लाकोटीले खड्कालाई सदस्य मनोनयन गरेका हुन् । खड्कालाई सदस्य मनोनयन गर्न विभागले मंगलबार महामन्त्री बुर्लाकोटीलाई सिफारिस गरेको थियो ।
खड्का पोखरा–७ राधाकृष्ण मार्ग निवासी हुन् । उनी पानी उद्योगी हुन् । उनी पोखरामा ‘पिउरो’ ब्राण्डको पानी कम्पनीका निर्देशक हुन् । खड्का युवा उद्यमीको साझा संस्था युवा उद्यमी मञ्चमा पनि आबद्ध छन् ।





