
नागरिकलाई प्रष्ट छ, अख्तियार नै भ्रष्ट छ भन्दै लाइटबालेर पोखरामा प्रर्दशन
पोखरा, ३० साउन/ नेपाल समाजवादी पार्टी (नेसपा) ले भ्रष्टाचारीलाई कार्वाही गर्न माग गर्दै पोखरामा प्रर्दशन गरेको छ । नेपाल समाजवादी पार्टी कास्कीले अख्तियार कार्यालय पोखराको कार्यालय अगाडी लाइट बालेर प्रर्दशन गरेको हो ।
उनीहरुले अख्तियार प्रमुखलाई महाअभियोग लगाउन, पोखरा लिचिबारी जग्गा प्रकरणका मुछिएका मन्त्रीलाई कार्वाही, पोखरा विमानस्थलमा अनियमितता गर्नेलाई कार्वाही लगाएतका माग राख्दै नारा लगाए ।
देशमा दिनदिनै भ्रष्टाचार बढि रहेदा पनि अख्तियार चुप लागेर बसेको, पोखराको चर्चीत लिचिबोट मुछिएकालाई कारवाही नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई पनि भ्रष्टचार मुद्धामा मुछिएकाले राजीनामा दिएर तत्काल गिरफ्तार गर्न सरकार सगँ माग गरे ।
सबै पुराना पार्टी र शक्तिहरू देशको विकास गर्न र सुशासन कायम गर्न असफल मात्र होइन निकम्मा भइसकेको नेसपाको ठहर छ । लोकतन्त्रको नाममा दलतन्त्र दलतन्त्रको नाममा नेतातन्त्र, नेतातन्त्रको नाममा शीर्षनेताको सिन्डिकेट जताततै हाबी भएको नेसपामा नेताहरुले बताए ।





