
संघ सरकारले कानून बनाउन नसक्दा प्रदेशको सरकार आलोचना कार्यवाहक प्रधानमन्त्री सिंह
पोखरा, १९ साउन/ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संघ सरकारले आवश्यक कानुन बनाउ ढिलाई गर्दा प्रदेश र स्थानीय सरकारको महत्व घट्दै गएको बताएका छन् ।
पोखरामा शहरी विकास कार्यालयको भवन उद्घाटन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री समेत रहेका सिंहले संघियताको भावना अनुरुप कानुन बनाउन नसक्दा संघियता विरोधी स्वर सुनिन थालेको बताए ।
संविधान परिकल्पना गरे अनुसार अधिकारहरु प्रदेश र स्थानीय तहमा पु¥याउन नसकेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले प्रदेश सरकारलाई अधिकार नदिदा काम गर्न अप्ठेरो भएको बताए । उनले जग्गा प्राप्ती गर्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको बताए ।
चार करोडका लागतमा निमार्ण भएको भवनबाट शहरी विकास सम्बन्धी काम हुनेछ । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संघ सरकारले पोखरामा बनाएका भवनहरुको पोखरा महानगरबाट नक्सा पास नभएको भन्दै भवनको नक्सा पास गर्न आग्रह गरे ।





