
हिक्मतजङ्ग कार्की
पोखरा, १७ साउन/ अमेरिकाको नेसभिल शहरमा सम्पन्न अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको सह अध्यक्षमा नेपालका हिक्मतजङ्ग कार्की निर्वाचित भएका छन् ।
परिषद् बैठकमा राप्रपाको प्रतिनिधित्व गर्दै सह–अध्यक्ष पदमा उमद्वारी दिएका थिए । राप्रपा केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की पोखराका युवा हुन् ।
संघको अध्यक्षमा अष्ट्रियाबाट ईभा डोहोलेभा, महासचिवमा ग्रीसका ओस्ट्रियोस, कोषाध्यक्षमा अष्ट्रेलियाबाट, तथा सह–महासचिव पदमा अमेरिकाबाट प्रतिनिधित्व भएको छ। मतदानमा ३९ देशको प्रतिनिधित्व भएको थियो ।





