पोखरा कस्तो बनाउने भन्ने विषयमा सुझाव संकलन गर्दै कास्की काँग्रेस

-


     क्लिक गण्डकी     
     वैशाख २१ गते २०८२ मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य

पोखरा, २१ वैशाख / नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन गरेको छ ।

तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरेको हो ।

कास्की काँग्रेसले पहिलो पटक वडा कार्यसमितिका सभापतिसँग छलफल गरेको थियो । दोस्रो पटक आइतबार पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव संकलन गरेको छ । सोमबार पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गरिने छ ।

‘आवश्यकता बुझ्ने छौं, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भन्नुभयो, त्यसपछि तीन तहका सरकारसँग लबिङ्ग गर्ने छौं । सुझावका आधारमा पोखरा र गाउँपालिकाको आवश्यकता पहिचान हुने र त्यसै अनुसार अगाडि बढ्ने तयारी छ ।

सुझाव संकलन पछि पोखरामा आवश्यक भौतिक पूर्वाधार र जनताको प्रमुख आवश्यकता के छ त्यस बारेमा निष्कर्ष सहित तीन तहका सरकारसँग लबिङ्ग गरिने कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।