
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य
पोखरा, २८ जेठ/ नेपाली कांग्रेस कास्कीले पोखराको दीर्घकालिन विकासको अवधारणा सार्वजनिक गरेको छ । पार्टी कार्यालयका बिहीबार पत्रकार सम्मेलन गरेर सभापति किशोरदक्त बरालले अवधारण पत्र सार्वजनिक गरे ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल, फोहोर मौला व्यवस्थापन,सहर सौन्दर्यकरण, राजश्व संकलन, विद्यालय शिक्षा, सुशासन, पोखरा औधोगिक क्षेत्र, ताल संरक्षण लगायतका ११ बुदाँमा अवधारणा पत्र तयार गरिएको छ ।
सहरलाई हरियाली, सुरक्षित र स्मार्ट बनाउने अभियान अन्तरगत दिगो यातायात र ट्राफिक व्यवस्थापनलाई अवधारणा पत्रमा प्राथमिकता दिइएको छ । इलेक्दि«क सवारी साधनको प्रयोग र मुख्य सहरी क्षेत्रमा ने कार जोनको आवश्यकता भइसकेको अवधारणमा उल्लेख गरिएको छ ।
यस्तै मोबाइल क्लिनिक नेटर्वक मार्फत स्वास्थ्य सेवा, जीवन सीप प्रयोगशाला र एक विद्यालय एक उद्यम, युवालाइ प्रविधिमा आधारित व्यवसायमा जोड गदै रोजगारी र उत्पादन बढाउन सकिने छ ।
फोहोर मैला व्यवस्थापनलाई वडा वडामा कम्पोष्ट मल केन्द्र साना साना परियोजना संचालन गर्नुपर्ने, सास्कृतिक डिजिटलाइजेसन ज्ञान, नवप्रवर्तन र संस्कृति केन्द्रको स्थापना, पोखरा औधोगिक क्षेत्रको पुनःसंरचनाको प्रस्ताव अवधारणा पत्रमा गरिएको छ ।
तीन तहका सरकारलाई पोखाराको विकास निर्माणको अवधारण पत्र बुझाउने उदेश्यले कांग्रसेसले सर्वपक्षिय छलफल र अनलाइन मार्फत सुझाव संकलन गरेको थियो । अनलाईन र प्रत्यक्ष गरि ५ सय ३५ जनाले सुझाव दिएको सभापति बरालले जानकारी दिए ।
पोखराको दीर्घकालिन विकासमा नेपाली कांग्रेस, कास्कीले निर्माण गरेका
अवधारणाहरु (प्रेस प्रस्तुतिका लागि)
आदरणीय पत्रकार साथीहरु, जय नेपाल ।
पोखरा नेपालको सांस्कृतिक, प्राकृतिक र शैक्षिक सन्जालले समृद्ध एक प्रमुख सहर हो, जहां प्रशस्त अवसरहरु छन् तर त्यसलाई योजनावद्ध, समावेशी र दीर्घकालीन मार्ग चित्र बनाएर उपयोग गर्न सकिएको छैन । यिनै यथार्थका आधारमा नेपाली कांग्रेस, कास्कीले एयपजबचब ँयच ऋजबलनभ स् ख्ष्कष्यल, ख्बगिभ बलम ख्यष्अभ शिर्षकमा पोखराको दीर्घकालीन, दीगो र समावेशी विकासका लागि एक सशक्त अनुसन्धान र वहसमा आधारित भएर अवधारणा पत्र तयार पारेको हो । अतः पोखरा फर चेन्ज अभियानले नीति निर्माण देखि कार्यान्वयन सम्मको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न, समानताको आधारमा स्रोत वितरण गर्न र सामुहिक सपना साकार पार्ने प्रतिवद्धता बोकेको छ ।
यसै आवश्यकता र सोचका आधारमा नेपाली कांग्रेस, कास्कीले पोखरा कस्तो बनाउने ? कसरी बनाउने ? शीर्षकमा एक समग्र अनुसन्धानमूलक जनसंवाद प्रक्रिया सुरु गरेको थियो । यस अभियान अन्तर्गत देश विदेशमा रहेका पोखरालाई माया गर्ने आदरणीय महानुभावहरुसंग भौतिक तथा अनलाईन माध्यमद्धारा विचार, सुझाव र दृष्टिकोणहरु संकलन गरिएको थियो । भौतिक अन्तरक्रियामा पटक पटक गरी विभिन्न समूहमा २५० जना, न्ययनभि ँयचm वा अनलाईन फारम मार्फत १२७ जना, मेसेन्जरबाट ८२ जना र इमेल मार्फत ७६ जना गरी जम्मा ५३५ जनाले यो अध्ययन प्रक्रियामा आफ्नो सहभागी जनाउनु भएको थियो ।
यति धेरै मानिसहरुको यो चासोले के देखाउदछ भने यो प्रतिवेदन कुनै पार्टीगत घोषणा पत्र होइन । यो प्रतिवेदन भविष्यको पोखरा निर्माणका लागि नागरिक सरोकार, युवा सपना र सामुहिक प्रयासको दस्तावेज हो । यस अवधारणा पत्रमा समेटिएका कार्यक्रम र परियोजनाहरु कुनै एक पक्षीय एजेन्डा नभई सुझाव, तथ्यांक, स्थानिय अवस्था र विषयगत विज्ञहरुको योगदानद्धारा निर्माण गरिएका साझा सपनाहरु हुन ।
पोखराको विकासलाई केवल पूर्वाधार वा सौन्दर्यीकरणमा मात्रै सीमित नगरी जनउत्तरदायी शासन, मानवपुंजी र नवप्रवर्तनमूलक दृष्टिकोणमा आधारित खाका निर्माण गर्न जरुरी छ । त्यसै सन्दर्भमा हामीले सुशासन प्रवर्धनको आधार स्तम्भको रुपमा नागरिक ड्यासबोर्ड को अवधारणा अघि सारेका छौ । यसले नागरिकलाई स्थानीय सरकारको सेवा, बजेट, निर्णय र कार्यसम्पादनमा प्रत्यक्ष निगरानी गर्ने अवसर प्रदान गर्नेछ ।
सहरलाई हरियाली, सुरक्षित र स्मार्ट बनाउने अभियान अन्तर्गत दिगो यातायात र ट्राफिक व्यवस्थापन योजना प्रस्तुत गरिएको छ । पोखरा जस्तो पर्यटकीय सहरमा पैदल यात्रु, साइकल प्रयोग कर्ता, इलेक्ट्कि सवारी साधनको प्राथामिकता र सहरका महत्वपूर्ण केन्द्रहरुमा नो कार जोन को प्रवन्ध गर्नु अनिवार्य भइसकेको छ । र यसैगरी पोखरा मोवाईल क्लिनिक नेटवर्क जस्ता स्वास्थ्य सेवालाई गाऊमा र जनघनत्वयुक्त क्षेत्रहरुमा पुर्याउनु पर्ने आवश्यकतालाई नेपाली कांग्रेस, कास्कीले अनिवार्य ठानेर त्यसको कार्यान्वयनका लागि प्रस्ताव गरेको छ ।
शिक्षाको क्षेत्रमा जीवन सीप प्रयोगशाला र एक विद्यालय एक उद्यम जस्ता योजनाले नयां पुस्तालाई सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक क्षमता र स्वावलम्वनको संस्कार दिनेछ भन्ने विश्वासका साथ त्रिकोण शिक्षा परियोजनाको प्रस्ताव गरिएको छ । युवालाई प्रविधिमा आधारित व्यवसायमा जोड्न सकेमा रोजगारी र उत्पादन दुवैलाई वढाउन मद्धत गर्ने छ भन्ने विश्वासका साथ हामीले डिजिटल उद्यमशीलता विकास केन्द्रको स्थापनाको आवश्यकतालाई महशुस गरेका छौ ।
हामीले फोहोर मैला व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्दै वडा कम्पोष्ट मल केन्द्र जस्ता साना तर प्रभावकारी परियोजना समावेश गरेका छौ जसले सहरी कृषि र सहरी वातावरण दुवैलाई लाभ पुर्याउनेछ । सांस्कृतिक डिजिटलाईजेसन र ज्ञान, नवप्रवर्तन र संस्कृति केन्द्रको स्थापना जस्ता योजनाले पोखरालाई सिर्जनात्मक, मौलिक र भविश्यमुखी बनाउने मार्ग खोल्न सक्दछन् । यसैले उद्योग र संस्कृतिको समायोजन मार्फत आर्थिक रुपान्तरणको नयां आधार निर्माण हुनेछ भन्ने हाम्रो विश्वासका साथ पोखरा औद्योगिक क्षेत्रको पुनः संरचनाको प्रस्ताव गरेका छौ । पर्यटन क्षेत्रलाई पुनःजागृत गर्न मेडिकल तथा वेलनेस टुरिजम केन्द्र र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको स्थापनाको सिफारिस गरिएको छ । साथै पोखरा साहसिक खेल महोत्सवले पोखराको साहसिक पर्यटनको अन्तराष्ट्रिय प्रचार प्रसारमा सहयोग पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ ।
अन्तमा, हामीले पोखरा महानगरका वडाहरु र कास्की जिल्लाका गाऊहरुलाई एकिकृत गर्दै गाऊ सहर साझेदारीमा आधारित उत्पादन चक्र परियोजना प्रस्तुत गरेका छौ । यसले ग्रामीण उत्पादनलाई सहरका बजार र प्रशोधनसंग जोडेर आर्थिक आत्मनिर्भरताको आधार विस्तार गर्नेछ ।
यो सम्पूर्ण परियोजना र कार्यक्रम केवल विकासका शाव्दिक वांचा होइनन् । यी योजनाहरु एक गतिशील, न्यायपूर्णं, पारदर्शी र सहभागी लोकतन्त्रमा आधारित समाज निर्माणका मूल दृष्टिकोणहरुवाट निर्देशित छन् । पोखराको विकास केवल संरचना निर्माणमा मात्रै सीमित नरहेर समृद्धि, न्याय र नवप्रवर्तनले निर्देशित होस् भन्ने हाम्रो चाहना हो । हामीले प्रस्तुत गरेका यी प्रमुख परियोजनाहरु भविश्यको पोखरा निर्माणको दिशातर्फ केन्द्रित रहेकाछन् ।
एयपजबचब ायच ऋजबलनभ नेपाली कांग्रेस, कास्कीले शुरु गरेको पहिलो अभियान भएकोेले यसको अध्ययन, अनुसन्धान र प्रक्रियामा केही कमीकमजोरीहरु रहेका हुन सक्दछन् । यो आगामी वर्षहरु समेतको निरन्तर अभियान भएका कारण यसमा देखिएका र भएका कमी कमजोरीहरु अवश्य पनि आउंदा वर्षहरुमा सच्चिएर थप वैज्ञानिक र परिपक्व भएर आउने छन् भन्ने हाम्रो विश्वास रहेको छ । यो नेपाली कांग्रेस, कास्कीको नेतृत्वमा शुरु गरिएको एउटा स्पष्ट, अध्ययनमा आधारित र कार्यान्वयनमुखी प्रतिवद्धता हो । हामी आउंदा दिनहरुमा पोखरालाई दिगो, समावेशी र स्मार्ट शहरको रुपमा रुपान्तरण गर्न तीनै तहका सरकारहरुसंग निरन्तर रुपमा सहकार्य गर्दै अगाडि बढ्नेछौ ।
यो अध्ययनलाई केही महत्वपूर्ण सीमितताहरु सहित सम्पन्न गरिएको छ । समय, मानव स्रोत र वित्तीय स्रोतको अभावका कारण अनुसन्धानको दायरा सीमित भएको हुन सक्दछ । विशेष गरी यो अध्ययन नेपाली कांग्रेस, कास्कीको पहलमा भएका कारणले पनि यो अध्ययन राजनैतिक दृष्टिकोणवाट प्रेरित भएको छ की भनी यसको निष्पक्षता माथि सवाल पनि उठ्न सक्दछ । यी थुप्रै सीमितताको वावजुद पनि हामीले यो अध्ययनलाई निष्पक्ष र राजनैतिक पूर्वाग्रहवाट माथि राख्ने प्रशस्त प्रयास गरेका छौ ।
यो अध्ययनवाट प्राप्त राय, सल्लाह र सुझावका आधारमा हामीले विविध विषयहरु माथि नेपाली कांग्रेसको अवधारणा निर्माण गरेका छौ । यो अध्ययनले प्रमुख प्राथामिकताका साथ उठाएका विषयहरु जस्तै पोखरा अन्तराष्ट्रिय विमान स्थल, फेवाताल, वेगनास ताल र रुपा तालको संरक्षण, विद्यालय शिक्षा, पोखराको राजश्व संकलन, फोहोर मैला व्यवस्थापन, विकास, सुशासन, पोखरा औद्योगिक क्षेत्रको पुनःसंरचना आदि विषयमा आफ्ना आधिकारीक अवधारणाहरु निर्माण गरी ती अवधारणाहरुलाई यो अध्ययन प्रतिवेदनको अनुसूचीमा राखेका छौ ।
नेपाली कांग्रेस, कास्कीले शुरु गरेको यो अभियानमा सहभागि भएर आफ्ना अमूल्य राय, सल्लाह र सुझाव दिनु हुने सवै आदरणीय महानुभावहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै पोखरा रुपान्तरणको यो अभियानमा हामी सवैलाई स्वागत गर्दछौ । जय नेपाल ।
किशोरदत्त वराल
सभापति
नेपाली कांग्रेस, कास्की
मिति ः २०८२ जेष्ठ २७
राजश्व संकलन सम्वन्धमा नेपाली कांग्रेस, कास्कीको अवधारणा
राजस्व विकास र समृद्धिको मूल आधार भए पनि राजस्व संकलनका लागि धेरै कर लगाएर जनता माथि बोझ थप्नु दीर्घकालीन समाधान होइन । यसको वावजुद करको दायर विस्तार गर्दै थोरै थोरै कर संकलनबाट धेरै राजस्व जुटाउने नीति अपनाउनु विवेकपूर्ण र न्यायोचित उपाय हो । यसको मूल मर्म भनेको कर प्रणालीलाई जनमैत्री, समावेशी र दीगो बनाउनु हो । करको दर कम राख्दै करदाताको संख्या वढाउने रणनीतिले कर प्रति जनविश्वास वढाउछ र स्वेच्छाले कर तिर्ने संस्कार विकास हुन्छ । यसका लागि उद्योग, व्यापार र स्वरोजगारमा संलग्न हुन चाहने नागरिकलाई सहज वातावरण निर्माण गर्नु आवश्यक हुन्छ । जव राज्यले अनुकूल नीतिहरु, सहुलियतपूर्ण क्रृण, दक्षता अभिवृद्धि, तालिम र सरल अनुमति प्रणाली जस्ता सहायक संरचना विकास गर्दछ तव नागरिक उद्यमशीलता तर्फ आकर्षित हुन्छन् र भविष्यका करदाताहरु बन्दछन् जसबाट राजस्व पनि वढ्छ र रोजगारीको सृजनासंगै समृद्धिको मार्ग पनि खुल्दछ । यसरी अनेक र धेरै कर होइन, सवैलाई समेट्ने कर प्रणाली नै समावेशी आर्थिक विकास र स्थायित्वको सुनिश्चित मार्ग हो । हामीले थोरै मानिसवाट धेरै कर होइन, धेरै मानिसवाट थोरै कर उठाउने नीति अवलम्वन गर्नु पर्दछ । जसका लागि करको दर कम राख्दै कर तिर्ने मानिसहरुको संख्या वढाउनु पर्दछ भन्ने नेपाल कांग्रेस, कास्कीको वुझाई छ । जव स्वेच्छाले कर तिर्ने नागरिकको संख्या वढ्छ तव मात्रै थोरै थोरै करवाट पनि ठूलो राजस्व संकलन गर्न सकिन्छ ।
यस प्रकारको दृष्टिकोणले कर प्रणालीलाई दण्ड होइन, सहभागिता र सहकार्यको साधन बनाउछ र राज्य र नागरिकवीच विश्वासको सम्वन्ध बलियो बनाएर राजस्व स्रोतलाई दीर्घकालीन बनाउंछ । त्यसैले नेपाली कांग्रेस, कास्कीको मार्गदर्शन भनेको करको मात्रामा होइन, करदाताको संख्यामा वृद्धि गर्ने नीति हो जसले समृद्ध राष्ट्रको आधारशिला निर्माणमा मद्दत गर्दछ ।
विद्यालय शिक्षा सम्वन्धि नेपाली कांग्रेस, कास्कीको अवधारणा
पोखराको समुन्नत भविष्यका लागि शिक्षामा क्रान्तिकारी सुधार हाम्रो प्राथमिकता हो । विद्यालय शिक्षा कुनै पुस्तालाई, मात्रै होइन, समग्र समाज रुपान्तरण गर्ने आधार हो भन्ने दृढ विश्सासका साथ नेपाली कांग्रेस कास्कीले विद्यालय शिक्षालाई २१आंै शताव्दि अनुरुप पुनःपरिकल्पना गर्न खोजिएको हो । हामी वुझ्छौ कि समय सान्दर्भिक शिक्षा र सक्षम शिक्षक बिना पोखराको समग्र विकास असम्भव छ । हामी पोखराको शिक्षालाई पर्यटन, कृषि, सूचना प्रविधि, सिर्जनशीलता र स्थानीय संस्कृतिसंग जोडेर बाल्यकालदेखिनै विद्यार्थीमा जीवनपयोगी क्षमता विकास गर्न चाहन्छौ । हामीे जागीर खोज्ने युवा उत्पादन गरिरहेको वर्तमान शिक्षालाई नवप्रवर्तन गर्ने, रोजगारी सिर्जना गर्ने उद्यमी युवा उत्पादन गर्न सक्ने शिक्षामा रुपान्तरण गर्न चाहन्छौ । त्यसैले अबको शिक्षा टाउको (ज्ञान), हात (सीप) र हृदय (मूल्य र सद्भाव) संग जोडिएको हुनु पर्दछ ।
हामी पर्यटन, उद्यमशीलता, सिर्जनशीलता र आलोचनात्मक साेंचको क्षमतासंग जोडिएको विद्यालय शिक्ष्ाँको पक्षमा छौ । यसका लागि पाठ्यक्रम, शिक्षण सिकाई विधि र मूल्याकंन पद्धतिमा गहिरो परिवर्तन अनिवार्य छ । एक विद्यालय एक उद्यम अभियानलाई विद्यालय शिक्षाको मेरुदण्ड बनाउदै विद्यार्थीहरुलाई उत्पादन, सेवा र नवप्रर्तनमा सहभागी बनाउने हाम्रो संकल्प हो । शिक्षा अव किताबी ज्ञानमा मात्रै सीमित नहुने गरी जीवनसंग जोडिनु पर्दछ । हामी शिक्षकलाई परिवर्तनका उत्प्रेरकको रुपमा लिन्छौ । तसर्थ शिक्षक विकास, अनुसन्धान र प्रविधि प्रयोगमा अगाडि वढ्न हामी प्रतिवद्ध छौ । नेपाली कांग्रेस, कास्कीले शिक्ष्ाँ क्षेत्रलाई केवल सरकारी नीतिमा निर्भर नगरिकन समाज, निजी क्षेत्र र स्थानीय स्रोतहरुको संयोजनबाट नयां शैक्षिक परिस्थितिको निर्माण गर्न चाहन्छ । यस्तो शिक्षा प्रणालीले पोखरालाई केवल पर्यटकीय नगरी होइन, नवप्रवर्तनशील शिक्षाको केन्द्रमा रुपान्तरण गर्ने छ । शिक्षाको रुपान्तरण मार्फत पोखराको विकास हाम्रो दृष्टिकोण हो । पोखराको दिगो र समावेशी विकासका लागि सवैभन्दा पहिला सुधार गर्नु पर्ने क्षेत्र भनेको विद्यालय शिक्षा हो भन्ने कुरामा नेपाली कांग्रेस, कास्की पूर्णतः स्पष्ट छ । २१आंै शताव्दिको माग अनुसार शिक्षा शिक्षकको तयार गर्न नसकेसम्म पोखरा र यस क्षेत्रको रुपान्तरण असम्भव छ । वर्तमान शिक्षा प्रणालीले हाम्रो युवालाई जागिर खोज्न योग्य बनायो तर जागिर दिन सक्ने, सिर्जना गर्न सक्ने उद्यमशील नेतृत्व तयार गर्न सकेको छैन भन्ने तर्फ हामी गम्भिर छौ ।
हामी फेरि पनि भन्दछौ एक विद्यालय एक उद्यम अभियान हाम्रो अभियान हुनेछ जसले प्रत्येक विद्यालयलाई एउटा प्रयोगशाला बनाउनेछ जहां विद्यार्थीहरुले सिकाईसंगै सिर्जना गर्ने, उत्पादन गर्ने र उद्यम गर्न सिक्नेछन् । यसले न केवल शिक्षाको गुणस्तर बढाउने मात्र होइन स्थानीय अर्थतन्त्रसंग समेत विद्यालयको सम्वन्ध बलियो बनाउनेछ । शिक्षकहरु परिवर्तनका चालक शक्ति हुन । त्यसैले हामी शिक्षकहरुको सतत् तालिम, अनुसन्धान, प्रविधिको प्रयोग र व्यावसायिक समर्पणलाई नीति र स्रोतको प्राथमिकतामा राख्नु पर्दछ भन्ने पक्षमा छौं । अन्ततः नेपाली कांग्रेस, कास्की विद्यालय शिक्षाको सुधार नै समुन्नत पोखराको मूल जग हो भन्ने कुरामा गहिरो विश्वास गर्दछ । हामी शिक्षा रुपान्तरण मार्फत समावेशी विकास, युवा सशक्तिकरण र नयां पुस्ताको नेतृत्व निर्माणमा कटिवद्ध छौ । शिक्षामा रुपान्तरण र रुपान्तरणबाट समुन्नत पोखरा नै हाम्रो प्रतिवद्ध अवधारणा हो ।
सुशासनका लागि नेपाली कांग्रेस , कास्कीको अवधारणा
सुशासन कुनै सजीव नारामात्रै होइन, यो जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने व्यवहारिक प्रणाली हो । जनताको भरोसा जित्ने, सेव छिटो र पारदर्शी ढंगले उपलव्ध गराउने र जनउत्तरदायी शासन प्रणाली कायम गर्नु नै सुशासनको सार हो । तर पछिल्लो समय पोखरा महानगरपालिकामा सेवाप्रवाहमा ढिलाई, जनगुनासोको वेवास्ता, निर्णय प्रक्रियामा ढिलासुस्ती, कर्मचारी उत्तरदायित्वहीनता र पारदर्शिताका गम्भीर अभावले आमनागरिकमा आएको निराशा र असन्तोषलाई नेपाली कांग्रेस, कास्कीले गम्भीरतापूर्वक आत्मसात गरेको छ ।
अवको महानगरपालिका जनसेवामा गम्भीर, प्रविधिमैत्री, पारदर्शी र नागरिक केन्द्रित बन्नु पर्दछ भन्ने नेपाली कांग्रेस, कास्कीको ठम्याई रहेको छ । यसका लागि हामी पोखरामा डिजिटल गभर्नेन्सको युगलाई प्रभावकारीरुपमा प्रारम्भ गर्न चाहन्छौ, जहां नागरिकले घरमै वसी अधिकांस सेवा एकिकृत अनलाईन प्रणाली फार्मत प्राप्त गर्न सकुन । सेवाको गुणस्तर मापन गर्न सिटिजन फिडव्याक ड्यासबोर्ड जस्ता प्रणाली सन्चालन गरिनु पर्दछ जसले जनताको आवाजलाई सिधै प्रशासन सम्म पुर्याउछ । त्यसैगरी, पारदर्शी प्रशासन निर्माणका लागि सम्पूर्ण बजेट खर्च, निर्णय प्रक्रिया, ठेक्का प्रणाली र कर्मचारी मूल्यांकनको सूचना खुला रुपमा सार्वजनिक गरिनुपर्दछ । प्रत्येक वडामा नागरिक सुशासन फोरमहरु गठन गरी योजना निर्माण देखि कार्यान्वयन सम्म जनसहभागिता सुनिश्चित गरिनु पर्दछ । वर्षमा एक पटक जनताको प्रश्न, जनप्रतिनिधिको उत्तर शिर्षकमा सार्वजनिक सुनुवाई कार्यक्रमलाई प्रभावकारी बनाईनु पर्दछ जसले लोकतान्त्रिक जवाफदेहीतामा नयाँ अभ्यासको थालनी गर्नेछ ।
हामी सेवा प्रवाहमा निश्चित समयसीमा तोकेर काम नगर्ने कर्मचारीलाई जवाफदेही बनाउने र नो रङ डोर नीति लागू गरी जुनसुकै शाखाबाट नागरिकले सेवा वा जानकारी सहज रुपमा प्राप्त गर्न सक्ने व्यवस्थाको पक्षमा छौ । हामी भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउदै, स्वतन्त्र गुनासो सुनुवाई कक्ष स्थापना गर्न र ठेक्का प्रक्रिया पूर्णतः पारदर्शी , खुला र प्रतिष्र्धात्मक बनाउन पर्दछ भन्ने पक्षमा छौ ।
हामी विश्वास गर्दछौ, सुशासन भनेको विकासको मेरुदण्ड हो । जव सरकार जनतासंग इमान्दार हुन्छ, सेवामा प्रभावकारिता आउछ र नागरिकको भरोसा बलियो हुन्छ । नेपाली कांग्रेस, कास्की सुशासनलाई केवल राजनीतिक एजेण्डा होइन, जनताप्रतिको गहिरो प्रतिवद्धता मान्दछ । हामी सवै सरोकारवाला राजनैतिक दल, नागरिक समाज, प्रशासन र जनतासंग सहकार्य गर्दै पोखरालाई उत्तरदायी, पारदर्शी र विश्वासिलो महानगर बनाउने संकल्प गर्दछौ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलका बारेमा नेपाली कांग्रेस, कास्कीको अवधारणा
पोखरा केवल सहर होइन, यो सौन्दर्य, सम्भावना र सपना बोकेको नेपालको पर्यटनको मेरुदण्ड हो । यही सहरको काखमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थल हजारौ पोखरेलीहरुको आशा र गौरवको प्रतिक हो । यसको निर्माणले यहांको पर्यटन, व्यापार, रोजगारी र पोखराको समग्र पहिचानमा अन्तराष्ट्रिय स्तरमा नया ढोका खोल्ने विश्वास हामी सवैमा पलाएको थियो । तर दुर्भाग्यवश यो गौरव र खुशीयाली धेरै लामो समय टिक्न सकेन । आजसम्म पनि अन्तराष्ट्रिय उडान हुन नसक्नु, प्राविधिक चुनौतिहरु, गुणस्तरको सवाल र निर्माणमा देखिएका अनियमितताले पोखराको भविष्यप्रति गहिरो चिन्ता पैदा गरेको छ ।
यद्यपि, यस्ता समस्याहरुले हाम्रो मूल उद्देश्य ओझेलमा पर्नु हुदैन । पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउने जिम्मेवारी हामी सवैको साझा हो । हामीसंग अर्को विकल्प छैन । यसका लागि अव हामी संग प्रतिवद्धता हुनु पर्दछ । प्राविधिक सुधार, व्यवस्थापकीय पारदर्शिता र कूटनैतिक सक्रियता मार्फत यो विमानस्थललाई साच्चिकै समृद्ध पोखराको प्रवेशद्वार बनाइनु पर्दछ भन्ने कुरामा नेपाली कांग्रेस, कास्की प्रतिवद्ध छ ।
यसका लागि भारत सहित छिमेकी राष्टहरुसंग कूटनीतिक समन्वय गरी भारतका प्रमुख सहरहरु र अन्य देशका प्रमुख सहरहरुलाई समेत गन्तव्यहरुको प्राथमिकतामा राखेर उडान सम्झौता अगाडि वढाउनु पर्दछ ।
अन्तराष्ट्रिय पर्यटकलाई आकर्षित गर्न ख्ष्कष्त एयपजबचब जस्ता अभियानहरु प्रभावकारीरुपमा संचालन गर्न आवश्यक छ । जसलाई प्रभावकारी बनाउन कूटनैतिक दूतावासहरु, ट्राभल एजेन्सीहरु, अन्तराष्ट्रिय मेला र सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्न आवश्यक छ । यसका साथै विमानस्थलको वरिपरिको क्षेत्रलाई आर्थिक विकास केन्द्रकोरुपमा विकास गरी पर्यटन, कृषि निर्यात, रोजगारी र नवप्रवर्तनको केन्द्र बनाउन सकिन्छ । यसका लागि सार्वजनिक निजी साझेदारीमा आधारित दीर्घकालीन योजनाहरु आवश्यक पर्दछन् । विमानस्थलको पूर्वाधार र सेवा स्तर सुधार गर्न क्ष्ऋब्इ मापदण्ड अनुसार प्राविधिक मूल्यांकन र तद्अनुसार सुधार तुरुन्त गरिनु पर्दछ ।
यस सम्पूर्ण प्रक्रियामा नागरिक समाज, पर्यटन व्यवसायी, स्थानीय सरकार र विज्ञहरुको सहभागितालाई संस्थागत रुपमा सुनिश्चित गर्न पोखरा विमानस्थल संचालन परिषद् गठन गर्न जरुरी देखिन्छ । नेपाली कांग्रेस, कास्की पारदर्शिता, जवाफदेहिता र नागरिक हितको पक्षमा उभिएको छ । निर्माणमा देखिएका अनियमितताका विषयमा निष्पक्ष छानविन र कानूनी प्रक्रिया अधि बढाइनु पर्दछ भन्ने हाम्रो स्पष्ट माग छ ।
यसकारण, नेपाली कांग्रेस, कास्की यो सार्वजनिक धारणा मार्फत सबै सरोकारवालाहरुलाई एकै ठाउमा ल्याउने प्रयासमा अग्रसर रहन्छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलाई समस्याबाट सम्भावनातर्फ डो¥याउने अभियानमा हामी नेतृत्वदायी भूमिका निर्वाह गर्न पूर्णतः प्रतिवद्ध छौ । यो हाम्रो सहरको स्वाभिमान हो । यसको सफल सञ्चालन हामी सबैको साझा दायित्व हो ।
पोखरा उत्पादन अभियान सम्वन्धमा नेपाली कांग्रेस, कास्कीको अवधारणा
पोखरा उत्पादन अभियान नेपाली कांग्रेस, कास्कीद्धारा अगाडि सारिएको दूरदृष्टियुक्त अभियान हा,े जसले पोखरा उपत्यकालाई आत्मनिर्भर, स्वाभिमानी र उत्पादनशील महानगर बनाउने दीर्घकालीन उद्देश्य बोकेको छ । उत्पादन भनेको केवल कृषिको मात्रै कुरा होइन, यो गाऊ र सहरवीचको गहिरो सम्वन्ध, सम्भावना र सहकार्य गर्ने अर्को नाम हो । आजकल सहर बजार केन्द्रित मात्रै र गाऊ उत्पादनशून्य जस्तै बन्न थालेकोले यो असन्तुलनलाई अन्त्य गर्दै गाऊ सहर साझेदारीको एक नयां मोडेल निर्माण गर्न हामीले आवश्यक ठानेका छौ ।
यस अभियानमा, गाऊपालिकाहरु र पोखरा महानगर भित्रका केही ग्रामिण वडाहरुलाई उत्पादन केन्द्रका रुपमा र बांकी नगर वडाहरुलाई प्रशोधन तथा बजार व्यवस्थापन केन्द्रका रुपमा रुपान्तरण गर्न आवश्य छ । प्रत्येक वडा वा क्लष्टरले आफूले विशेषरुपमा उत्पादन गर्न सक्ने एक मुख्य बाली वा वस्तुमा केन्द्रित भई एक वडा एक उत्पादन अवधारणा कार्यान्वयन गर्ने र उत्पादन भएको वस्तुलाई मोबाइल एग्री ट्रान्सपोर्ट प्रणाली मार्फत सहरमा ल्याई प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गर्ने गरी योजना तथा कार्यक्रमको निर्माण गर्ने तर्फ महानगरपालिका र यसका वडाहरु जिम्मेवार रहनु पर्दछ । यसरी उत्पादित वस्तु तथा सेवालाई पोखरा फार्मस् हव मार्फत बजार सम्म पुर्याउने र मुनाफा बांडफांडमा पनि समानता र न्याय कायम गर्न ४० प्रतिशत किसानलाई, ४० प्रतिशत उद्यम संचालनकर्तालाई र २० प्रतिशत उत्पादन निरन्तरताका लागि कोषमा राख्ने प्रवन्ध गरि यो सेवाको दीगो विकासको लागि जिम्मेवार हुुनु पर्ने हुन्छ ।
पोखरा उत्पादन अभियान केवल कृषिमा आधारित होइन, यो युवाको उद्यम शक्ति, महिलाको नेतृत्व, सहकारीको भूमिका र निजी क्षेत्रको लगानीलाई एउटै वृत्तमा ल्याएर साझा समृद्धिको उत्पादन चक्र निर्माण गर्ने प्रयास हो । नेपाली कांग्रेस, कास्कीको यो अभियान कुनै नारा होइन, यो जनताको पसिनाबाट उत्पन्न विचार हो, जुन पोखराको उत्पादनशील भविष्य र समृद्ध समाजको सपना साकार पार्ने कार्यमा प्रतिवद्ध छ ।
पोखरा औद्योगिक क्षेत्रको पुनःसंरचना सम्वन्धमा नेपाली कांग्रेस, कास्कीको अवधारणा
पोखरा औद्योगिक क्षेत्र जो पहिला आर्थिक उत्पादनको केन्द्र थियो, आजको दिनमा सहरी विकास, पर्यावरणीय सन्तुलन, पर्यटनको सौन्दर्यसंग मेल नखाने अवस्थामा पुगको छ । तर पनि यो क्षेत्रको आफ्नै महत्व र गरिमा रहेको छ । यसैले यसको मूल्य र गरिमालाई कायम राख्नका लागि यसलाई आधुनिक सोच, प्रविधि, शिक्षा र नवप्रवर्तनसंग जोडेर रुपान्तरण गर्न अत्यन्तै आवश्यक छ । यसो गर्नु भनेको पोखरा औद्योगिक क्षेत्रलाई ज्ञान, नवप्रवर्तन र संस्कृति केन्द्रमा रुपान्तरण गर्नु हो । यो समयको आवश्यकता र पोखराको सुन्दर भविश्यका लागि दूरगामी साेंच पनि हो । यस अवधारणा अन्तर्गत शैक्षिक संस्था, उद्योग र स्टार्टअपबीच सहकार्य गर्दै नवप्रवर्तन, अनुसन्धान र व्यवसायिक अभ्यासलाई जोड दिने प्रयास गरिन्छ ।
नेपाली कांग्रेस कास्कीको धारणा अनुसार, पोखराको वर्तमान औद्योगिक क्षेत्रलाई मात्र उत्पादन केन्द्रको रुपमा नभई ज्ञान, नवप्रर्तन र सांस्कृतिक केन्द्रको रुपमा रुपान्तरण गर्नु पर्दछ भन्ने हो । आर्थिक विकास संगै आधुनिक सोंच र प्रविधिको मेलजोलले युवा पुस्तालाई अवसर दिनु पर्ने छ भन्ने यसको मूल मर्म हो । यसका लागि उद्योगी, व्यवसायीहरुको लगानी, मर्यादा, सीप र अनुभवलाई प्रभावकारी र समन्वित तरिकाले उपयोग गरिनु अपरिहार्य छ ।
पोखरा केवल पर्यटकीय नगरी मात्रै होइन, नेपालकै शैक्षिक, सांस्कृतिक र सिर्जनात्मक क्षमताले समेटिएको सहर पनि हो । यिनै सम्भावनाहरुल्ँँई एकिकृत गर्दै स्थानीय ज्ञान, नवप्रवर्तनशील साेंच र विविध संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा ज्ञान, नवप्रवर्तन र संस्कृति केन्द्रको आवश्यकतालाई महशुस गरिएको हो । यो यस्तो सस्थागत संरचना हो जसले शिक्षा, अनुसन्धान, उद्यमशीलता, प्रविधि र स्थानीय तथा राष्ट्रिय संस्कृतिबीच अन्र्तसम्वन्ध स्थापना गर्दछ । यसको उद्देश्य भनेको स्थानीय ज्ञान र सांस्कृतिक सम्पदालाई आधुनिक नवप्रवर्तनको मूल प्रवाहमा जोडेर सामाजिक, आर्थिक र बौद्धिक रुपान्तरणलाई नयां उचाईमा पुर्याउनु हो ।
यसो भनीरहंदा हामीले के कुरामा पनि हेक्का राख्नु पर्दछ भने, पोखरा औद्योगिक क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी, तिनको साधन स्रोत र अनुभवलाई पोखरा ज्ञान, नवप्रवर्तन र संस्कृति केन्द्र अभियानमा समावेश गर्नुु नै यसको सफलताको मूल कडी हो । उनीहरुलाई सह निर्माता बनाएर उनीहरुको ज्ञान, संरचना, लगानी र गरिमालाई प्रयोगमा ल्याउने उच्च तहको वातावरण निर्माणको आवश्यकता पर्दछ । यसका लागि उद्योगीहरुको लगानी सुरक्षित नगरी उनीहरुको सहभागितको सुनिश्चित गर्न सकिदैन । यो महत्वपूर्ण अभियानमा निजी उद्योगीहरुको लगानी, विश्वास, संचरना र प्रतिफलको ग्यारेन्टि बिना यसको दीगो विकासको परिकल्पनालाई साकार रुप दिन पनि कठिन हुन्छ ।
तालहरु संरक्षणमा नेपाली कांग्रेस, कास्कीको अवधारणा
फेवाताल, बेगनास ताल, रुपाताल लगाएतका पोखराका तालहरु केवल प्राकृतिक सौन्दर्यका प्रतिक मात्र होइनन् , यी पोखराको पहिचान, संस्कृति, आर्थिक समृद्धि र वातावरणीय सन्तुलनका मेरुदण्डहरु हुन् । यी जलाशयहरु बिना पोखराको पर्यटन, कृषि, जलवायु र जनजीवनको कल्पना अधुरो रहन्छ । तर पछिल्ला केही बर्षयता तालहरुको संरक्षण र व्यवस्थापनको विषय विवादास्पद र संवेदशील बन्दै गएको छ । नेपाल सरकारले तोकेको कानुनी मापदण्ड र सर्वोच्च अदालतको स्पष्ट फैसला एकातर्फ छन् भने अर्को तर्फ ती क्षेत्रका पुराना बासिन्दाहरुको हक, जीवन र सामाजिक सुरक्षाको विषयले पनि गम्भीर सवाल उठाएको छ । यस्तो अवस्थामा तालको संरक्षण कुनै राजनैतिक स्वार्थ होइन, पुस्तागत उत्तरदायित्वको विषय पनि वनेको छ ।
ताल संरक्षण एक साझा सामाजिक आन्दोलन हुनुपर्छ जसमा राज्य, स्थानीय समुदाय र सम्पूर्ण नागरिकको साझा भूमिका आवश्यक हुन्छ भन्ने कुरामा नेपाली कांग्रेस, कास्कीको स्पष्ट मान्यता रहेको छ । हामी वातावरणीय न्यायको पक्षमा छौ तर त्यही नाममा पुराना बासिन्दाहरुको अपमान, विकल्प विनाको विस्थापन वा असुरक्षा स्वीकार गर्न सक्दैनौ । कानुनी मापदण्डको कठोर कार्यान्वयन गरिनु पर्छ तर त्यससंगै पुनःस्थापना नीति पनि न्यायसंगत, पारदर्शी र संवेदनशील हुनु पर्छ । दीर्घकाल देखि बसोबास गर्दै आएका नागरिकहरुलाई उचित मुआव्जा, बैकल्पिक पुनर्वास र जीवन यापनमा सम्मानजनक व्यवस्था सुनिश्चित गरिनु पनि पर्छ ।
नेपाल सरकारले तोकेको मापदण्ड र सर्वोच्च अदालतको आदेशले तालको सीमाकंन र अवैध संरचनाको विषयमा स्पष्ट सन्देश दिएको छ । तर पनि कतिपय व्यक्तिहरुले अवैध दर्ता गरिएका जग्गाको आडमा ताल संरक्षणका कानुनी प्रयासलाई अवरुद्ध गर्न खोजिएको पनि देखिन्छ । यस्ता दुषित नियत र प्रवृत्तिका विरुद्ध नेपाली कांग्रेस, कास्की कडा र स्पष्ट रुपमा उभिन्छ । ताल वेच्ने होइन, वचाउनेहरुको नेतृत्व गर्नु पर्ने समय आईसकेको छ ।
नेपाल सरकार र सर्वोच्च अदालतको आदेशले तोकेको ती मापदण्ड कार्यान्वयन गर्दा दीर्घकाल देखि ताल किनारमा व्यवसाय गर्दै आएका स्थानीय आधिकारिक व्यवसायिहरुको सामाजिक र आर्थिक अधिकार तर्फ पनि ध्यान दिनु पर्दछ भन्ने कुरामा हामी गम्भीर र संवदेशील छौ । कुनै बेलामा नगरपालिका र राज्यका निकायबाट कानुनी रुपमा अनुमति लिएर होटेल, रेस्टुरेन्ट वा अन्य पर्यटन सेवाहरु संचालन गर्दै आएका व्यवसायीहरुलाई ताल संरक्षणका नाममा विस्थापित गर्नु न्यायोचित हुनैन । यसकारण यस्ता पुराना व्यवसायीहरुलाई पूर्ण रुपमा विस्थापित नगरी भ्अय त्चबलकायचmबतष्यल ःयमभ िअनुुसार पुर्नसंरचना गरी संचालनको व्यवस्था मिलाउनु पर्दछ । तालको आकर्षण, पारदर्शिता, सौन्दर्यता र पर्यावरणीय सन्तुलनलाई नविगार्ने गरी नियन्त्रित संरचना भित्र भअय चभकतबगचबलत, ीबपभ खष्भध मभअप, नचभभल अबाभ , कयबिच दयबतष्लन कतबतष्यल आदि जस्ता सेवाहरु पुनः डिजाइन गरेर संचालन गर्न दिने नीति अवलम्वन गर्नु पर्दछ । यसले पर्यटनको निरन्तरता, रोजगारीको सुरक्षासंगै संरक्षण र व्यवस्थापनलाई पनि सन्तुलित बनाउछ ।
विकासका सम्वन्धमा नेपाली कांग्रेस, कास्कीको अवधारणा ।
विकासका कुराले अहिलेका दिनमा धेरै थरी व्याख्याहरु पाएका छन् । कोही यति किलोमिटर बाटो खनेको र पीच बनाएको गन्ती गर्दछन्, कोही भवनको उद्घाटनमा गर्व गर्दछन् र यसैलाई विकास भन्दछन् । तर सडक बनाइए पनि जनताको यात्रा पीडामुक्त छैन, अस्पताल बनाइए पनि गुणस्तरीय स्वास्थ्य सेवा पहंूचमा छैन, स्कुल बनाइए पनि शिक्षाले जीवन वदल्न सकेको छैन र जनताको दिनचर्या अझै जटिल छ र युवाहरु विदेशीन वाध्य छन् भने त्यसलाई विकास भन्न सकिदैन भन्ने नेपाली कांग्रेस, कास्कीको स्पष्ट मान्यता छ ।
विकास तव मात्र सांचो हुन्छ जव त्यसले जनताको अनुहारमा खुशी ल्याउछ, युवाको जीवनमा अवसर ल्याउछ र नागरिकको हृदयमा राजनीतिप्रति सम्मान जगाउंछ । अव विकास भनेको केवल पूर्वाधार विस्तार मात्रै होइन, नागरिकको जीवनमा देखिने आत्मविश्वासको विस्तार हो । नेपाली कांग्रेस, कास्की अव यस्तो विकासको यात्रामा अग्रसर छ जहां योजना कागजमा होइन, जनताको घर आंगनमा देखिन्छ । अवको विकासमा नेताको भाषण होइन, जनताको जीवन बोल्नु पर्दछ जहां सुविधा होइन, समता प्राथमिक हुन्छ । अव हामीले यस्तो विकास बनाउनु पर्दछ जसले गाउको उत्पादनलाई सहरको बजारसंग जोड्दछ, स्थानीय रोजगारी सिर्जना गर्दछ र शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई सेवा होइन, अधिकारको रुपमा स्थापित गर्दछ । हामी स्वीकार गर्दछौ, विकासको सार आंकडामा होइन, अनुभूतिमा हुनुपर्छ जसले जनताको अनुहारमा खुशी, हांसो र हृदयमा भरोसा जगाउन सक्दछ । यसैले अव विकासको लक्ष्य कामको गन्तीमा होइन, विश्वासको पुननिर्माणमा हुनु पर्दछ । यसैले नेपाली कांग्रेस, कास्की जनताको सांचो साझेदारको रुपमा, अव विकासलाई जीवन्त, न्यायपूर्ण र जनकेन्द्रित बनाउन संकल्पित छ ।
अन्तमा हामी वुझ्दछौ विकासको सार संरचनामा होइन, संवेदना र सेवा भावमा हुन्छ । नेपाली कांग्रेस, कास्कीको दृष्टिमा विकास त्यही हो, जहां नागरिकले आफ्नो गाऊमा आशा देख्न सकुन, आफ्नो आवाजवाट योजना तय गर्न सकुन र आफ्नो पसिनावाट भविष्य बनाउन सकुन् । जबसम्म जनताको अनुहारमा संतोषको उज्याले देखिदैन तव सम्म विकासको भाषण अपूरो मात्रै होइन, विडम्वनापूर्ण पनि हुन्छ ।
अन्तमा हामी फेरि पनि भन्दछौ, केवल सडक, भवन र उद्घाटनको कुरा गर्नु पर्याप्त हुदैन । जनताले महसुस गर्न नपाएको, जीवनमा परिवर्तन नआएको र भविष्यप्रति आशा नजागेको विकास, विकास होइन । विकासको मूल मर्म भनेको जनताको अनुहारमा फर्किएको मुस्कान, हृदयमा बसेको भरोसा, जीवनमा देखिएको समृद्धि हो ।
हामी वुझ्दछौ विकास तव मात्रै सांचो हुन्छ जव जनताको सहभागिता, जनताको स्वामित्व र जनताको अनुभव त्यसमा जोडिन्छ । त्यसैले हामीले कति बनायौ भन्नेमा होइन, जनताको जीवन कति फेरियो भन्ने आधारमा विकासको मूल्यांकन गर्नु पर्दछ । हाम्रो दृष्टिमा विकासको केन्द्र विन्दु व्यक्ति, समुदाय र भविष्य हुुनुपर्दछ । हामी स्थानीय उत्पादन बजार श्रृंखलालाई जोड्ने उत्पादन चक्र परियोजना, शिक्षालाई उद्यमशीलतासंग जोड्ने एक विद्यालय एक उद्यम कार्यक्रम, युवालाई रोजगारीसंग जोड्ने युवा उद्यम कार्यक्रम र हरेक नीतिमा समावेशीता र समानता सुनिश्चित गर्ने सोंच र त्यसले ल्याउने सकरात्मक परिणामलाई विकास भन्दछौ ।
राजनीतिको उद्देश्य केवल सत्ता जित्नु होइन, जनताको मन जित्नु हो । जनताले नेता माथि सम्मानभाव राख्न सक्ने अवस्था सिर्जना गर्नु हाम्रो पहिलो जिम्मेवारी हो । त्यसैले नेपाली कांग्रेस, कास्की अव भाषणमुखी विकास होइन, जनताले अनुभुति गर्न सक्ने विकासको बाटोमा दृढतापूर्वक उभिने संकल्प गर्दछ ।
–समाप्त–
किशोरदत्त वराल
सभापति
नेपाली कांग्रेस, कास्की
मिति ः २०८२ जेष्ठ २८
राजनैतिक पार्टीप्रतिको नेपाली कांग्रेस, कास्कीको अवधारणा
कास्की जिल्ला नेपालको एक अग्रणी, शिक्षित र सम्भावनायुक्त जिल्ला हो, जहां बहुदलीय लोकतान्त्रिक प्रणालीको अभ्यास सशक्त ढंगले हुदै आएको छ । यहां क्रियाशील विभिन्न राजनीतिक दलहरुले आ–आफ्ना विचार, सिद्धान्त र कार्यदिशा अनुसार जनताको सेवा गर्ने प्रयत्न गरिरहेका छन् । विचारको विविधता लोकतन्त्रको आत्मा हो र यसले समाजमा बहस, विमर्श र सुधारको अवसर दिन्छ । हामी नेपाली कांग्रेस, कास्की यस विविधतालाई सम्मान गर्छौ र राजनैतिक प्रतिष्पर्धालाई लोकतान्त्रिक अभ्यासको एउटा आवश्यक पाटो मान्दछौ ।
तर विचार सिद्धान्तको नाममा विकासका मुद्धाहरुलाई पनि विभाजित गर्ने प्रवृत्तिले देश र जनताको हितमा बाधा पु¥याउने गर्दछ । चुनावको बेलामा सवै पार्टीहरुले विकास, समृद्धि र जनताको सेवा गर्ने अठोट व्यक्त गर्दछन् तर चुनाव पछिको समयमा त्यस अठोटलाई व्यवहारमा रुपान्तरण गर्ने सामूहिक प्रयास देखिदैन । जसका कारण हामी अझै पनि आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र वातावरण संरक्षणका क्षेत्रमा धेरै पछि परिरहेका छौ । जनताले देख्ने र महसुस गर्ने परिवर्तनको गतिमा निरन्तरता आउन सकेको छैन । यसले गर्दा जनताको राजनीतिक प्रणालीमा विश्वास घटिरहेहो छ र विकास भनेको राजनीति भन्दा माथिको विषय हो भन्ने सन्देश स्थापित हुन सकेको छैन ।
अव यो अवस्थालाई परिवर्तन गर्ने समय आएको छ । नेपाली कांग्रेस, कास्की गम्भीरताका साथ यस परिस्थितिलाई अन्त्य गर्दै विकासका मुद्धामा सवै राजनीतिक शक्तिहरुको सहकार्यमा आधारित नया अभ्यासको सुरुवाता गर्न चाहन्छ । हामी विश्वास गर्दछौ, राजीतिक दलहरुको वैचारिक भिन्नता स्वभाविक हो तर जनताको समृद्धि र भविष्यको हकमा हामी सवैको साझा प्रयत्न आवश्यक छ । त्यसैले अवको मार्ग सहकार्य, सहमति र साझा संकल्पको हुनुपर्दछ । नेपाली कांग्रेस, कास्की यो यात्रामा सवै दलहरुलाई हार्दिक आमन्त्रण गर्दछ ।
हामी आग्रह गर्दछौ, निर्वाचनको बेला हामी अलग अलग तरिकावाट प्रतिष्पर्धा गरौला, तर निर्वाचन पछिको वाकि समय राजनीतिक दलहरु संगै वस्ने र विकासका साझा अवधारणाहरु निर्माण गरी संगै अगाडि वढ्ने राजनीतिक संस्कृतिको विकास गरौ जहा सवै दलका प्रतिनिधिहरु छलफलमा जुटेर विकासको साझा योजना निर्माण गर्न सकियोस । वडा, गाउपालिका, नगर र जिल्लास्तरमा पनि बहुदलीय सहकार्यमा आधारित विकाससमिति गठन गरौ जसले कुनै एक पार्टी होइन, सम्पूर्ण जिल्लाको हितमा काम गरोस् ।
अव हामीले सोच बदलौ, विकासलाई राजनीतिक प्रतिस्पर्धाको विषय होइन, साझा उत्तरदायित्वको विषय बनाऔ । निर्वाचन पछि पनि संगै बसौ, छलफल गरौ र जनताको भविष्यको लागि संयुक्त रुपमा योजना निर्माण गरौ । जय नेपाल ।
किशोरदत्त वराल
सभापति
नेपाली कांग्रेस, कास्की
मिति ः २०८२ जेष्ठ २८
पोखरा महानगरपालिकाको २०८२ र ०८३ को नीति तथा कार्यक्रम सन्दर्भमा नेपाली कांग्रेस, कास्कीको अवधारणा
पोखरा महानगरपालिका नेपालको एक गौरवशाली सहर हो, जहां प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटनको व्यापक सम्भावना छ । यस्तो सहरलाई दिगो, समावेशी र आधुनिक रुपले विकास गर्नु पर्ने अहिलेको आवश्यकता हो । तर विडम्वना, प्रत्येक बर्ष नीति तथा कार्यक्रम सार्वजनिक हुने बेलामा हामी योजनाविहीन र प्राथमिकताविहीन साेंचको सिकार बन्दै गइरहेका छौ । अहिले २०८२ र ०८३ को नीति तथा कार्यक्रमको तयारीको चरणमा रहदा पनि पोखराको दीर्घकालीन विकास कसरी अगाडि वढाउने ? यसको स्पष्ट मार्ग चित्र के हो ? प्राथमिकता के हुन् ? र विकासको मूल्यांकन कसरी गरिनेछ ? भन्नेबारे कुनै गहिरो अध्ययन वा संवाद भएको देखिदैन ।
विना अध्ययन, बिना प्राथमिकता र बिना दृष्टिकोण महानगरपालिकाले विकासका नाममा खर्च गर्ने अभ्यास गरिरहेको देखिन्छ । यसरी प्राथमिकता तय नगरी आफूखुशी बजेट बाडफांड गर्ने चलन जनताको पसिनाबाट उठाईएको कर माथिको अन्याय हो । यस प्रवृत्तिले विकासको नाममा बिनासको बाटो खोले जस्तो देखिन्छ । योजना बिना काम गर्नु भनेको योजनावद्ध असफलताको सुरुवात गर्नु हो भन्ने अन्तराष्ट्रिय मान्यता रहेको पाइन्छ । यो अत्यन्तै दःुखद कुरा हो । अझ दुःखद कुरा के छ भने नीति निर्माणको प्रक्रियामा न त नागरिक समाजलाई समेटिएको छ, न त राजनैतिक दल, न युवाहरु, न कुनै स्थानीय नेतृत्वसंग औपचारिक परामर्श गरिएको छ । यस्तो अवस्थाले न त योजना सशक्त वन्दछ, न योजनाको कार्यान्वयन प्रभावकारी हुन्छ ।
नेपाली कांग्रेस, कास्की स्पष्ट रुपमा सुझाव दिन चाहन्छ कि विकास खर्च भन्दा पहिला विकासको सोंच र प्राथमिकता स्पष्ट हुनु पर्दछ । हामी विश्वास गर्दछौ कि हरेक महानगरको समृद्धि त्यसको स्पष्ट दूरदृष्टि, रणनीतिक योजना र साझा उत्तरदायित्वमा आधारित सहकार्यमा निर्भर रहन्छ । पोखराको विकासलाई स्मार्ट पर्यटन, हरित पूर्वाधार, डिजिटल उद्यमशीलता, ताल संरक्षण, युवा उद्यमशीलता र गुणस्तरीय शिक्षा जस्ता क्षेत्रलाई मूल प्राथमिकता बनाएर अगाडि बढाउनु पर्दछ । यी प्राथमिकता तय गर्नको लागि गहन अध्ययन र जनस्तरको संवाद अनिवार्य छ ।
हामी यस सम्वन्धमा पार्टीको ठोस धारणा सार्वजनिक गर्न चाहन्छौ .।
१. पोखराको नीति तथा कार्यक्रम अनुसन्धानमा आधारित हुनु पर्दछ ।
२. प्राथमिकताको स्पष्ट सूची सार्वजनिक गरिनु पर्दछ जसले सहरको समग्र दिशा निर्धारण गर्दछ ।
३. नीतिगत दस्तावेज बनाउंदा राजनैतिक दल, नागरिक समाज, व्यवसायी, विज्ञ, शिक्षक, युवा तथा स्थानीय सरोकारवालाको परामर्श अनिवार्य गरिनु पर्दछ ।
४. विकास खर्च भन्दा पहिले त्यसको प्रतिफल मूल्यांकन गरिने अभ्यास सुरु गरिनु पर्दछ अर्थात प्रत्येक बजेटले कस्तो प्रभाव पार्छ, कस्तो नतिजा आउछ भन्ने प्रश्नको उत्तर दिन सक्ने कार्यक्रम मात्रै अघि वढ्नु पर्दछ ।
यसका अतिरिक्त, हामी नीति निर्माणमा पूर्व मूल्यांकन र पश्च मूल्यांकन दुवै अनिवार्य गरिनु पर्ने पक्षमा छौ । बजेट खर्च पछि खर्च भयो भन्नु मात्र पर्याप्त हुदैन, त्यो खर्चबाट कति गुणात्मक परिवर्तन आयो ? भन्ने मूल्यांकन पनि सार्वजनिक हुनुपर्छ । यसबाट पारदर्शिता बढ्छ, जनताको विश्वास मजबुछ हुन्छ र योजनाको प्रभावकारिता सुनिश्चित हुन्छ ।
अन्त्यमा, नेपाली कांग्रेस, कास्की पोखरा महानगरपालिकासंग सहकार्य गर्न तयार छ । तर सोच बिनाको खर्च, परामर्शविनाको निर्णय र योजना विनाको बजेटको विरुद्ध भने नेपाली कांग्रेसले सशक्त रुपमा आवाज उठाउने छ । जनताको कर, जनताको विश्वास र सहरको भविश्यलाई ध्यानमा राखी नीति निर्माण गरिनु पर्दछ । लोकतन्त्रमा सहभागिता आवश्यक छ, निर्णयमा दृष्टिकोण र योजनामा भविश्य देखिनुपर्छ । जय नेपाल ।
किशोरदत्त वराल
सभापति
नेपाली कांग्रेस, कास्क