उपनिर्वाचन कसले कहाँ कहाँ जिते ?

-


     क्लिक गण्डकी     
     मंसिर १७ गते २०८१ मा प्रकाशित


निर्वाचन चुनाब

निर्वाचन चुनाब

पोखरा, १७ मंसिर/ उपनिर्वाचन अन्तरगत अहिले निर्वाचनका मतपरिणामा आउने क्रमजारी छ । कतै गणना भैरहेको छ भने कतै मतपरिणामा आइसकेको छ ।

आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा सत्ताधारी नेपाली कांग्रेसबाट हालसम्म ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । बर्दियाको ठाकुबाबा नगरपालिका ४ मा अमिन थारु १०४३ मत ल्याइ विजयी भएका छन् भने रौतहटको राजपुर ६ मा अमसे आलम विजयी भएका छन् ।

त्यसै गरी सत्तारुढ नेकपा एमाललेले हालसम्म चार ठाउँमा जित हासिल गरेको छ । महोत्तरीको रामगोपालेश्वर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी भएका छन् मने दैलेखको दुल्लु नगरपालिका १३ मा लालबहादुर शाही विजयी भएका छन् ।

यस्तै, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –३ मा कुमारी सावादेन विजयी भएकी छन् । स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले चार वटा वडामा विजय हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार माओवादीले त्रियुगा नगरपालिका १५, धनुषाधाम नगरपालिका १, गोरखा नगरपालिका ५ र ककनी गाउँपालिका २ मा विजय हासिल गरेको हो ।

ती स्थानीय तहका वडामा क्रमशः नवीन कुमार वान्तवा राई, सुनिल कापर केवट, विष्णु बहादुर मगर र कृष्ण घिमिरे निर्वाचित भएको आयोगले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस विजयी

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी बनेका छन् । उनले १ हजार ४३ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहे । नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७० मत पाए भने राप्रपाका रत्नले ५२ मत प्राप्त गरे ।

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

दैलेख । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे ।

यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । ०७९ माघ २७ गते हृदयघातका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका थापा विजयी

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । थापाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

उनले ४६८ मत प्राप्त गरेका थिए, भने एमालेका थापा ३०१ मा सीमित बने । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी कुमारी खड्का ३१ मत, माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापा २६ मत पाएका थिए ।

गढीमाई नगरपालिका–८ मा एकीकृत समाजवादीको जित

रौतहट । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहे ।

बाजुराको स्वामीकार्तिकको उपाध्यक्षमा एमाले विजयी

धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी भएकी हुन् ।

विजयी भएकी बुढाले १७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले १४७४ मतमा सीमित बनेकी छिन् । माओवादीको समर्थन पाएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत प्राप्त गरेकी थिइन् ।

अघिल्लो निर्वाचनमा यहाँ काँग्रेसकी मैनादेवी जोशी निर्वाचित भएकी थिइन् । उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

काठमाडौं १६ मा रास्वपा विजयी

काठमाडौँ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट विजयको खाता खोलेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल गरेकी हुन् ।

नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा भएको उपनिर्वाचनमा रोजिनाले विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार भने तेस्रो भए । कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका हुन् ।

जवकि एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत पाए । उपनिर्वाचनमा रास्ववा विजयी हुँदा कांग्रेसले आफूले पहिले जितेको वडाध्यक्ष पद सुरक्षित गर्न असफल रह्यो ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेस विजयी

काठमाडौँ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर लिम्बुले ३६० मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले ४ मत मात्र प्राप्त गरेका छन् ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयी

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेकी उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत पाए । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ७ मत मात्र प्राप्त गरेका छन् ।

रौतहटको गढीमाई–८ को वडाध्यक्षमा एकीकृत समाजवादीको जित

रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजवले २५८ मत प्राप्त गरे ।

जाजरकोटको कुशेमा कांग्रेसका सिंह निर्वाचित

जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह निर्वाचित भएका छन् ।

कांग्रेसका खम्बबहादुर सिंहले ३४७ मतसहित विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे ।

निर्वाचन आयोगका अनुसार तेस्रो स्थानमा रहेका नेकपा एमालेका डम्बर बादुर घर्तीले २५२ मत ल्याउँदा राप्रपाका उम्मेदवारले ८ मत प्राप्त गरे ।

हेटौंडा–१२ मा तेस्रो पटकको प्रयासमा कांग्रेसका तिवारी विजयी

हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन तिवारी विजयी भएका छन् । २०७४ यता तेस्रो पटकको प्रयासमा उनले जित निकाले ।

आज सोमबार बिहान सवा ३ बजे सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार तिवारी २०६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानलाई ५०३ को फराकिलो मतान्तरले पराजित गरे । प्रधानले १५६० मत प्राप्त गरे । चुनावी प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका राजेश नगरकोटीले १३९८ मात्रै मत ल्याए ।

यसैगरी, १२ नम्बर वडाको उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेमबहादुर भ्लोनले १७८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशावीर बलले ८३ मत ल्याएका छन् ।

गोरखा नगरपालिका–५ मा माओवादी विजयी

गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी विजयी भएको छ । नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४ सय ८६ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाईकाजी आलेले ४ सय २ मत ल्याए । नेकपा एमालेकी दुर्गा माया थापा रानाले ३ सय ४५ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबहादुर थापाले ८२ मत प्राप्त गरे ।



Tags: ,