राजनीति

गण्डकी प्रदेश सरकारमा दिपक मनाङे छैटौं पटक मन्त्री, फणीन्द्र देवकोटा पनि मन्त्री

गण्डकी प्रदेश सरकारमा दिपक मनाङे छैटौं पटक मन्त्री, फणीन्द्र देवकोटा पनि मन्त्री
पोखरा, २९ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद् विस्तार गरेका छन् । नेपाल समाजवादी पार्टीका नेता तथा माओवादी सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका हुन् । देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् । देवकोटाले माओवादीको ह्वीप नपानी फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको… पुरा पढौ

फणिन्द्रले फ्लोर क्रस गर्दा गण्डकीमा सुरेन्द्रराजलाई विश्वासको मत

सुरेन्द्रराज पाण्डे
पोखरा, २८ जेठ/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार ६० सदस्यीय प्रदेश सभामा बहुमत ३१ सांसदको समर्थन पाएका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीको ह्वीप क्रस गर्दै सांसद फणिन्द्र देवकोटाले समर्थन गरेपछि पाण्डे सरकारले बहुमत पु¥याउन सफल भयो । पाण्डेलाई नेपाली काग्रेसका २७, राप्रपाका २, स्वतन्त्र राजिब गुरुङ उर्फ दिपक मनाङे र… पुरा पढौ

हरेक २४ घण्टामा रणनीति परिर्वतन हुन सक्छ – प्रचण्ड

पुष्पकमल दाहाल
पोखरा, २३ जेठ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् । नेकपा माओवादी गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत गर्ने बताए । माओवादी एकढिक्का हुने हो भने आफ्नो नेतृत्वको सरकार ५ वर्ष जाने सम्भावना रहेको उनले बताए । पार्टी भित्र मैलाउदै गएको गुटलाई इन्गित गर्दै दाहालले भने ‘हामीभित्र भाँडभैलो भयो भने चाहिँ गाह्रो छ ।’ ‘त्यसकारण आफू… पुरा पढौ

प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरामा

पुष्पकमल दाहाल ‘प्रचण्ड’
पोखरा, २३ जेठ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार साँझ पोखरा आइपुगेका छन् । प्रधानमन्त्री दाहाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक र अन्य कार्यक्रममा सहभागी हुने पोखरा आएका हुन् । उनलाई विमानस्थलमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, नेकपा (माओवादी केन्द्र) का सचिव दीननाथ शर्मा, माओवादी गण्डकी सहइन्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गरेका थिए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले गण्डकी प्रदेश समितिले बुधबार आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा सम्भोधन… पुरा पढौ

एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीपक पौडेललाई हराउदै जीवन आचार्य निर्वाचित

जीवन आचार्य र दिपक पौडेल
पोखरा, २१ जेठ/ नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । आचार्यले निकटतम प्रतिस्पर्धी दीपक पौडेललाई ६७ मतान्तरले हराए । आचार्यले २ सय ७७ मत पाउँदा पौडेलले २ सय १० मत पाए । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् । पदाधिकारीतर्फ आचार्य प्यानल नै विजयी भएका छन् । पुरा पढौ

पीएस र खगराज गुटको प्रतिस्पर्धा एमाले पोखरा महानगर कमिटीमा, प्यानलबिच प्रतिस्पर्धा

जीवन आचार्य र दिपक पौडेल
पोखरा, २० जेठ/ एमालेका दुई ठुला नेताबिचको तिक्ततापूर्ण प्रतिस्पर्धा पोखरा महानगर कमिटिमा पनि देखीएको छ । एमालेको पोखरा महानगर कमिटी दोस्रो अधिवेशनमा पनि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबिचको गुटगत प्रतिस्पर्धा हुने भएको छ । गुरुङको गुटबाट अध्यक्षमा दीपक पौडेल उम्मेदवार छन् । उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिवमा किरण गौतम र लालबहादुर राना र लेखा कमिटी अध्यक्षमा राजेश गुरुङ उम्मेदवारी दिएका छन् । पौडेल यसअघि पोखरा महानगरकै मेयरको टिकट पाएर पनि खोसिएका व्यक्ति हुन्… पुरा पढौ

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा
पोखरा, १६ जेठ/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् । थापाले बुधबार नै शपथ लिनेछन् । थापालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका हुन् । अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बनेका थिए । पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे
पोखरा, १६ जेठ/ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाए । पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् । आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मत असंवैधानिक, पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश

गण्डकी प्रदेशसभा
पोखरा, १४ जेठ/ सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गरेको छ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई खारेज गरेको हो । सभामुखको समेत समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएको र विश्वासको मतसमेत दिएको भन्दै उनको नियुक्ति लगायतका प्रक्रिया बदर गर्न कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार पाण्डेको रिट जारी गरेको हो ।… पुरा पढौ

प्रथम राष्ट्रपति यादव भने- कैलाश सिरोहियाको पक्राउ विधिको शासनअनुसार भएन

प्रथम राष्ट्रपति डा. रामवरण यादव
पोखरा, १२ जेठ/ प्रथम राष्ट्रपति डा. रामवरण यादवले कान्तिपुर मिडिया हाउसका सञ्चालक कैलाश सिरोहियालाई गरिएको पक्राउ विधिको शासनअनुसार नभएको जिकिर गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारणसभा तथा १२ औं अधिवेशन शनिबार उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले संविधानमा भएको व्यवस्था सरकारमा भएकाले पालना नगरेको बताए । उनले एउटा चिठीपत्र काटेर, भूल भएछ भनेर सीडीओ अफिसले बोलाउन सक्नेमा पक्राउ गर्नु नपर्ने बताए । कैलाश सिरोहियाको परिवार नेपालकै नागरिक रहेको यादवले दाबी गरे । उनले कैलाशका दाजु गोपाल सिरोहिया… पुरा पढौ