
पुष्पकमल दाहाल ‘प्रचण्ड’
पोखरा, २३ जेठ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार साँझ पोखरा आइपुगेका छन् । प्रधानमन्त्री दाहाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक र अन्य कार्यक्रममा सहभागी हुने पोखरा आएका हुन् ।
उनलाई विमानस्थलमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, नेकपा (माओवादी केन्द्र) का सचिव दीननाथ शर्मा, माओवादी गण्डकी सहइन्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गरेका थिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले गण्डकी प्रदेश समितिले बुधबार आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा सम्भोधन गर्ने छन् ।