राजनीति

विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन
पोखरा, २५ वैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेर मुख्यमन्त्री अधिकारीले यसप्रति चासो देखाउनुभएको हो । उहाँले विकास निर्माणसँग सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं निर्माण व्यवसायीसँग सामूहिक छलफल गरेर प्रदेशमा सञ्चालित हरेक आयोजनाको विस्तृत प्रगति विवरण दूई दिन भित्र पेश गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘प्रदेशमा सञ्चालित हरेक आयोजनाहरुको वित्तीय प्रगती, भौतीक प्रगती, समस्या र समाधानका उपाय… पुरा पढौ

गण्डकी प्रदेशमा थप दुई मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा थप दुई मन्त्रीले लिए शपथ
पोखरा, २४ बैशाख/ गण्डकी प्रदेश सरकारमा २ जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप गरेका हुन् । वेदबहादुर गुरुङ र सीता सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिए । गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् । दुवै जना अधिकारी निकट मानिन्छन् । योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ । यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री… पुरा पढौ

गण्डकीका सभामुखको समर्थनमा मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत, काग्रेसको विरोध

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक ः मुख्यमन्त्री अधिकारी
पोखरा, २३ बैशाख/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० सांसदले समर्थन जनाएका थिए । त्यसपछि सभामुख कृष्णप्रसाद धितालले मत अधिकार भएको भन्दै प्रस्तावको पक्षमा मत हाल्दै मुख्यमन्त्री अधिकारीले विस्वासको मत पाएको घोषणा गरे । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २७ सांसदले मत हाले । राप्रपाका दुई सांसद तठस्थ रहे । गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् । सभामुखले घोषणा गर्दा असंवैधानिक बाटो कदम भएको भन्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्ण… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत, काग्रेले भन्यो अदालतले दुई थरी निर्णय ग¥यो

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक ः मुख्यमन्त्री अधिकारी
पोखरा, २३ बैशाख/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले सभामुखलाई नै महाअभियोग लगाउने चेतावनी दिएको छ । दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख… पुरा पढौ

रबिन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद

रबिन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद
पोखरा, २३ बैशाख/ दिबङ्गत मन्त्री रबिन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबशरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । शनिबार उनको स्मृतिमा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जन्मजयन्ती मनाएको हो । बिहान आयोजित रक्तदान कार्यक्रममा चालीस युनिट रगत संकलन भएको प्रतिष्ठानले जनाएको छ। रक्तदानको प्रतिष्ठानका अध्यक्ष बिद्या भट्टराईले उद्घाटन गरेकी थिइन। त्यसैगरी स्मृतिमा रबिन्द्र अधिकारीू बिषयक परिसंवाद कार्यक्रममा बोल्ने बक्ताहरूले बिकासका कुशल योजनाकार र जनताको सच्चा जनप्रतिनिधिको रूपमा स्मरण गरे। कार्यक्रमका प्रमुख… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौँ, ११ बैशाख/ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ एक रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । सो रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने… पुरा पढौ

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्णः मुख्यमन्त्री अधिकारी

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्णः मुख्यमन्त्री अधिकारी
पोखरा ११ बैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहका सरकारको भूमिका महत्पूर्ण हुने बताउनुभएको छ । मंगलबार पोखरा लेकसाइडमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘एयरपोर्ट देखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र, मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ’ उहाँले भन्नुभयो । पोखरालाई… पुरा पढौ

मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु, ४५ प्रतिशत सेवाग्राहीलाई सहजता

खगराज अधिकारी
पोखरा ८ बैशाख / गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्वपूर्ण अंग भनेको जिल्ला स्थित अस्पतालहरू छन् । ती जिल्ला अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपीडी सेवा सञ्चालन गर्ने भनेर प्राथमिकताका साथ मुख्यमन्त्री अधिकारीले कार्यभार सम्हाल्नु हुँदा पहिलो निर्णय गर्नुभएको थियो । यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय… पुरा पढौ

प्रतिपक्षी बेन्च खाली भएपछि गण्डकीमा सांसद बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिपक्षी बेन्च खाली भएपछि गण्डकीमा सांसद बैठक अनिश्चितकालका लागि स्थगित
पोखरा, ७ बैशाख/ केन्द्रीय सत्ता गठबन्धनमा फेरबद पछि गण्डकीमा प्रदेशमा सत्ता फेरबदलको क्रम जारी छ । गण्डकी प्रदेशमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेपछि अदालत सम्म सत्ताको कुरा पुगेको छ । शुक्रबार प्रदेशसभामा प्रतिपक्ष नै सहभागी नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रतिपक्षी बेन्च खाली भएपछि सभामुख कृष्णप्रसाद धितालले प्रतिपक्षी दलका सांसदलाई बैठकमा सहभागी हुन आह्वान गरे पनि उपस्थित नभएपछि बैठक स्थगित भएको हो । गण्डकीको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी सरकार गठन र प्रदेश सभा बैठक… पुरा पढौ

गण्डकीमा प्रदेश सभा अधिवेशन आह्वान, काग्रेसको आपत्ति

गण्डकी प्रदेशसभा
पोखरा, ५ बैशाख/ गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले बैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च… पुरा पढौ