राजनीति

रबिन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद

रबिन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद
पोखरा, २३ बैशाख/ दिबङ्गत मन्त्री रबिन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबशरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । शनिबार उनको स्मृतिमा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जन्मजयन्ती मनाएको हो । बिहान आयोजित रक्तदान कार्यक्रममा चालीस युनिट रगत संकलन भएको प्रतिष्ठानले जनाएको छ। रक्तदानको प्रतिष्ठानका अध्यक्ष बिद्या भट्टराईले उद्घाटन गरेकी थिइन। त्यसैगरी स्मृतिमा रबिन्द्र अधिकारीू बिषयक परिसंवाद कार्यक्रममा बोल्ने बक्ताहरूले बिकासका कुशल योजनाकार र जनताको सच्चा जनप्रतिनिधिको रूपमा स्मरण गरे। कार्यक्रमका प्रमुख… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौँ, ११ बैशाख/ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ एक रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । सो रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने… पुरा पढौ

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्णः मुख्यमन्त्री अधिकारी

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्णः मुख्यमन्त्री अधिकारी
पोखरा ११ बैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहका सरकारको भूमिका महत्पूर्ण हुने बताउनुभएको छ । मंगलबार पोखरा लेकसाइडमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘एयरपोर्ट देखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र, मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ’ उहाँले भन्नुभयो । पोखरालाई… पुरा पढौ

मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु, ४५ प्रतिशत सेवाग्राहीलाई सहजता

खगराज अधिकारी
पोखरा ८ बैशाख / गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्वपूर्ण अंग भनेको जिल्ला स्थित अस्पतालहरू छन् । ती जिल्ला अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपीडी सेवा सञ्चालन गर्ने भनेर प्राथमिकताका साथ मुख्यमन्त्री अधिकारीले कार्यभार सम्हाल्नु हुँदा पहिलो निर्णय गर्नुभएको थियो । यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय… पुरा पढौ

प्रतिपक्षी बेन्च खाली भएपछि गण्डकीमा सांसद बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिपक्षी बेन्च खाली भएपछि गण्डकीमा सांसद बैठक अनिश्चितकालका लागि स्थगित
पोखरा, ७ बैशाख/ केन्द्रीय सत्ता गठबन्धनमा फेरबद पछि गण्डकीमा प्रदेशमा सत्ता फेरबदलको क्रम जारी छ । गण्डकी प्रदेशमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेपछि अदालत सम्म सत्ताको कुरा पुगेको छ । शुक्रबार प्रदेशसभामा प्रतिपक्ष नै सहभागी नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रतिपक्षी बेन्च खाली भएपछि सभामुख कृष्णप्रसाद धितालले प्रतिपक्षी दलका सांसदलाई बैठकमा सहभागी हुन आह्वान गरे पनि उपस्थित नभएपछि बैठक स्थगित भएको हो । गण्डकीको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी सरकार गठन र प्रदेश सभा बैठक… पुरा पढौ

गण्डकीमा प्रदेश सभा अधिवेशन आह्वान, काग्रेसको आपत्ति

गण्डकी प्रदेशसभा
पोखरा, ५ बैशाख/ गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले बैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च… पुरा पढौ

पोखराका कांग्रेस नेता खेमराज पौडेलको निधन

खेमराज पौडेल
पोखरा, ३० चैत/ नेपाली कांग्रेसका नेता खेमराज पौडेलको शुक्रबार बिहान निधन भएको छ । पोखराको फेवासिटी अस्पतालमा उपचारका क्रममा ८१ बर्षको उमेरमा निधन भएको हो । उनलाई फोक्सोको क्यान्सरबाट ग्रसित थिए । पोखरा महानगरपालिका २२ पुम्दीमा बस्दै आएका पौडेल विद्यार्थीकाल देखि नै प्रजातान्त्रिक राजनीतिमा लागेका थिए ।अन्त्येष्टि अगाडि उनको शव नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको थियो । पौडेलका १ पत्नी, २ छोरा र २ छोरी छन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भए पछि रिक्त कास्की निर्वाचन… पुरा पढौ

गण्डकी प्रदेशमा २ मन्त्रालय थपेर ९ मन्त्रालय बनाउने निर्णय

खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को
पोखरा, २९ चैत/ गण्डकी प्रदेश सरकारले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् । मंगलबार बसेको खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए । सत्ता संकटमा पर्ने देखिएपछि ९ मन्त्रालय बनाउने निर्णय गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री सगँ रहेको आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले बताए । बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई… पुरा पढौ

सहकारी छानबिन गर्न संसदीय समिति बन्दै – कानुन मन्त्री गिरी

सहकारी छानबिन गर्न संसदीय समिति बन्दै कानुन मन्त्री गिरी
पोखरा, २६ चैत / कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कांग्रेसले सहकारी समस्याका बारेमा माग गरेजस्तो संसदीय समिति गठन नहुने बताएका छन् । पोखरामा प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गिरीले सहकारीका समस्याका विषयलाई लिएर उच्च स्तरीय आयोग बनाउन सम्भब नहुने बताए । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गदैँ आएको छ । मन्त्री गिरीले राज्यका निकायले छानबिन गरिरहेको विषयमा समिति बनाएर छानबिन गर्न आवश्यक नरहेको बताए… पुरा पढौ

गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री

खगराज अधिकारी
सागर राज तिमिल्सिनापोखरा, २५ चैत/ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराए । मुख्यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीब गुरुङ उर्फ दिपक मनाङेले विनाविभागीय मन्त्रीको शपथ लिए । आइतबार बिहान गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका थिए । विश्वासका मत लिने बेला सम्म… पुरा पढौ