राजनीति

देश विकास पुराना पार्टिले नै गर्ने हो नयाँले हैन –महासचिब पोखरेल

शंकर पोखरेल
पोखरा, १० फागुन/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालको विवादको विषयमा आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनाएको बताए । नेकपा एमाले कास्की जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले वामपन्थी गठबन्धन नभएको बताए । उनले गठबन्धन भत्काउन नेपाली काग्रेसलाई पनि भनेको बताए । तर नेपाली काग्रेस नमाने पछि माओवादी सगँ सहकार्य अगाडी बढेको बताए । उनले देश विकासको काम पुरान पार्टिले नै गर्ने बताए । नयाँ प्रयोगशाला बनाउदा देश विकास हुन नसक्ने बताए । उनले देशलाई अस्तिता… पुरा पढौ

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशन शनिबार

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशन शनिबार
पोखरा, १० चैत/ नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदैछ । प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् । सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको प्रथम… पुरा पढौ

एमाले कास्कीको अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले कास्कीको अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने
पोखरा, ९ चैत/ नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने भएका छन् । अधिवेशनकोा सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ११ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने छ । अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक… पुरा पढौ

दीपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधारमन्त्री, जोगियला त सरकार ?

दीपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधारमन्त्री, जोगिएता सरकार ?
सागर राज तिमिल्सिनापोखरा, ५ चैत / केन्द्र सरकारको गठबन्धन परिर्वतन भए सगँ धरमराएको सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई जोगाउन मन्त्री थपिएको छ । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले सोमबार शपथ लिए ।मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका छन् । शपथ ग्रहण कार्यक्रममा विपक्षी दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदहरू सहभागी भएनन् । चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले… पुरा पढौ

दीपक मनाङे गण्डकी प्रदेशमा चौथो पटक मन्त्री बन्दै, आजै शपथको तयारी

दीपक मनाङे
पोखरा, ५ चैत/ आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेश सरकारको मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेका छन् । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडे । अहिले गण्डकीको राजनीतिमा ट्विष्ट भएको छ । कांग्रेसले पनि सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी गरेको छ । नेपाल समाजवादी… पुरा पढौ

सांसद दीपक मनाङेले एकीकृत समाजवादी त्यागे

दीपक मनाङे
पोखरा, ४ चैत/ गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एकीकृत समाजवादी त्यागेका छन् । मनाङे स्वतन्त्र रूपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका थिए । तर केन्द्रमा भएको राजनीतिक समीकरणको फेरबदलपछि उनले पार्टी छोडेका हुन् । मनाङेले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी दिए । बिना कारण केन्द्रमा गठबन्धन फेरिँदा देशमा अस्थिरता मौलाएको उनको टिप्पणी छ । उनले केन्द्रको गठबन्धनले पनि एमाले र माओवादीलाई गण्डकीमा बहुमत पु¥याउन सहज नहुने बताए । नयाँ गठबन्धनले पनि बहुमत नपु¥याउँदा प्रदेश… पुरा पढौ

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री दहालको आग्रह

व्यवसायीलाई ढुक्का भएर लगानी गर्न प्रधानमन्त्री दहालको आग्रह
पोखरा, ३ चैत /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित ७ औ संस्करणको आमन्त्रण गल्फ प्रतियोगिताका विजेतालाई शनिबार पोखरामा पुरस्कार वितरण गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले पछिल्लो सत्तासहकार्य फेरिएसँगै गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन निर्देशन दिएको बताए । उनले नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनु नपर्ने… पुरा पढौ

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइनः प्रधानमन्त्री

पुष्पकमल दाहाल
काठमाडौँ, ३० फागुन/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभयो । “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने… पुरा पढौ

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ
काठमाडौँ, २६ फागुन/ प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितीका बारेमा संसदीय दललाई जानकारी गराउनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको… पुरा पढौ

गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभा
पोखरा, २४ फागुन/ गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै चलेको छ । राजनीतिक समीकरण फेरिएपछि संसद अधिवेशन अन्त्य गरेको हो । नेपालको संविधानको धारा १८३ को उपाधार २ बमोजिम अन्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । पुरा पढौ