गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

-


     क्लिक गण्डकी     
     फागुन २४ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, २४ फागुन/ गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै चलेको छ । राजनीतिक समीकरण फेरिएपछि संसद अधिवेशन अन्त्य गरेको हो ।

नेपालको संविधानको धारा १८३ को उपाधार २ बमोजिम अन्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।