राजनीति

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

गण्डकी प्रदेशसभा
पोखरा, २२ फागुन/ केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । पाण्डे नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन् । दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् । केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको… पुरा पढौ

गठबन्धन बैठकः नयाँमन्त्रिमा पदम गिरी, बर्षमान पुन र रवि लामिछाने, प्रदेश सरकारको नेतृत्व फेरिने

बालुवाटारमा गठबन्धन बैठकः नयाँमन्त्रिमा पदम गिरी, बर्षमान पुन र रवि लामिछाने, प्रदेश सरकारको नेतृत्व फेरिने
पोखरा, २१ फागुन / प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थाल्ने निर्णय गरेपछि बालुवाटारमा बैठक चलेको हो । गठबन्धनमा फेरबदलसँगै सोमबार नै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारीका लागि बैठक चलेको हो । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दैछन् भने रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाने तयारीमा छ । बैठकमा माओेवादीबाट प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन,… पुरा पढौ

पोखरामा राप्रपाको प्रदर्शन, प्रधानमन्त्रीलाई पठाइयो ४० बुँदे माग

पोखरामा राप्रपाको प्रदर्शन, प्रधानमन्त्रीलाई पठाइयो ४० बुँदे माग
पोखरा, ९ फागुन/ राप्रपा गण्डकी प्रदेश र कास्कीले ४० बुँदे माग समावेश मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । राप्रपा गण्डकीको तर्फबाट पार्टी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य पञ्चराम गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुखको कार्यालय र जिल्ला अध्यक्ष नारायण गुरूङ नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई माग पत्र पठाएका हुन् । अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राज्य, प्रलोभनपूर्ण धर्मान्तरणमा रोक, प्रदेश संरचना खारेज गरेर संघ र अधिकार प्राप्त स्थानीय तहको व्यवस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आवश्यकताभन्दा… पुरा पढौ

‘संघीयता कार्यान्वयनमा समस्या कर्मचारी होइनन्, मानसिकता हो’

‘संघीयता कार्यान्वयनमा समस्या कर्मचारी होइनन्, मानसिकता हो’
भ्रष्टाचारको मुख्य जड नै कार्यकर्ता व्यवस्थापन रै’छः गोपी हमाल पोखरा । संघीयता कार्यान्वयनको दोस्रो कार्यकालमा आइसक्दा पनि अझै अधिकार बाँडफाँटकै विषयमा विवाद छ । संघीयता कार्यान्वयनमा तीनै तहको सरकारले एकलेअर्कालाई औंलो देखाउन छाडेका छैनन् । ‘संघीयता राजनीतिक एजेन्डा भए पनि अहिले कर्मचारीतन्त्रको मानसिकता नबद्लिएको, उनीहरुकै हातमा तालाचाबी’ रहेको भन्दै जनप्रतिनिधिहरु कर्मचारीतिर पनि दोष देखाउन छाडेका छैनन् । उनीहरुको मान्यता छ, ‘संघीयताको मर्म बुझेका कर्मचारी नहुँदा काम हुन सकेन ।’ तर, धनगढीका मेयर गोपाल हमाल संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्रलाई तड्कारोको रुपमा लिँदैनन्… पुरा पढौ

मधेश मन्थनः ‘मिडियाले मिस्टिरियस बनायो, राज्यले देशद्रोही’–सिके राउत

मधेश मन्थनः ‘मिडियाले मिस्टिरियस बनायो, राज्यले देशद्रोही’–सिके राउत
पोखरा, ६ फागुन/ छवि भन्ने कुराले धेरै अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो प्रोफेसनभन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन । अमेरिकाबाट फर्किएर राजनीतिमा होमिइसकेपछि पनि प्रत्यक्ष जनताले भेट्ने, हेर्ने मौका पाएका थिएनन् । त्योबेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो । भन्छन् नि ‘मिस्टिरियस’ छवि !मान्छेलाई जब केही निषेधित हुन्छ, त्यसप्रति झन आकर्षण बढ्छ । घरबाटै सरकारले निस्किन नदिएपछि अरुले त ‘यो कस्तो खतरनाक मान्छे हो’ भनेर सोचिहाल्छन् । लोकतन्त्र आइसक्दा पनि किन बाहिर… पुरा पढौ

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक !

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक!
पोखरा, ५ फागुन /‘अझ हाम्रो पालामा भन्दा अहिले दोस्रो कार्यकालमा आएर प्रदेश सरकारहरुलाई पूरा बजेटको ३ प्रतिशतमात्रै दिएको छ । संघीयता कमजोर यसकारण भएको हो’, प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘माथिबाट थिचेको थिच्यै गरेको छ । माथिबाट प्रदेशको अधिकारलाई कटौती गरेर तलबाट स्थानीय तहलाई उचाल्ने काम गरिरहेको छ ।’ पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणअन्तर्गत ‘प्रदेशका पीर’ विषयक सत्रमा गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गुरुङले संघीयता कार्यान्वयनमा आफूले भोगेको सकसको पोको खोलेका हुन् । गुरुङले… पुरा पढौ

प्रदेश सांसद विन्दुकुमार थापाको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च (कहाँ कति सहित)

प्रदेश सांसद विन्दुकुमार थापाको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च
पोखरा, २७ माघ/ गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । गण्डकी प्रदेश सरकारको पूर्व कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री थापाले २०७९ पुस २५ गतेदेखि हालसम्म प्राप्त गरेको तलबभत्तामा थप गरी विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका हुन् । उनले विभिन्न शिर्षकमा ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।नेपाल प्रेस युनियन, कास्कीको समन्वयमा गरिएको पत्रकार सम्मेलनमा उनले… पुरा पढौ

गण्डकीमा राष्ट्रियसभा सदस्यमा काग्रेसका श्रेष्ठ, परियार र माओवादीका शर्मा विजयी

गण्डकीमा राष्ट्रियसभा सदस्यमा काग्रेसका श्रेष्ठ, परियार र माओवादीका शर्मा विजयी
पोखरा, ११ माघ/ राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीन जानै उम्मेदवार विजयी भएका छन् । नेपाली काग्रेसबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा माओवादी नेतृ पर्वतकी मनरुपा शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश ऋषिराम आचार्यले जानकारी दिए । गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन् । उनले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भए । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा… पुरा पढौ

कास्कीलाई मन्त्री नदिएको भन्दै शेरबहादुर देउवालाई गुनासो

कास्कीलाई मन्त्री नदिएको भन्दै शेरबहादुर देउवालाई गुनासो
पोखरा, ९ माघ/ नेपाली कांग्रेस कास्कीले विभिन्न लाभको पदमा आफ्नो भाग खोजेको छ । मंगलबार भएको जिल्ला सम्मेलनका क्रममा नेताहरूले कास्कीलाई भाग नदिइएकोमा गुनासो गरेका हुन् । उपसभापति युवराज कुँवरले मञ्चबाटै केन्द्रीय समितिबाट कास्की कांग्रेसलाई अन्याय भएको गुनासो गरे । प्रदेशको मन्त्रिपरिषद् र राष्ट्रियसभा सदस्यको टिकट वितरणमा कास्कीलाई छुटाइएको उनको आरोप थियो । प्रदेश मन्त्रिपरिषद्मा कास्कीबाट एकजना पनि मन्त्री बनाइएको छैन । राष्ट्रियसभामा टिकट किन दिइएन ?, उनले प्रश्न गरे, आगामी दिनमा यस्तो नहोस् । कुँवरले जिल्लाका नेताहरू एकले अर्कालाई… पुरा पढौ

विरोध गरेर पार्टी बन्दैन जनताको मन जितेर देखाउनुहोस्ः देउवा

शेरबहादुर देउवा
पोखरा, ९ माघ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी नबन्ने बताउदै जनताको मन जित्ने काम गर्न आग्रह गरेका छन् । कास्की जिल्ला सम्मेलनको पोखरामा उद्घाटन गदै सभापति देउवाले जनतानै देशको मालिक भएका कारण जनतामा जान कार्यकतालाई आग्रह गरे । उनले अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले गठबन्धन बनाउनु बाध्यता रहेको बताए । कार्यक्रममा गठबन्धन गर्न नहुने आवाज उठे पछि देउवाले गठबन्धन नगरीकन जित्ने पार्टी बनाउन आग्रह गरे । ‘हाम्रो पार्टीमा समस्या छ, गठबन्धन नगरीकन… पुरा पढौ