पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय, को को बने मन्त्री (सूचीसहित)

-


     क्लिक गण्डकी     
     फागुन २३ गते २०८० मा प्रकाशित


पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय, को को बने मन्त्री (सूचीसहित)

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय, को को बने मन्त्री (सूचीसहित)

पोखरा, २३ फागुन /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् ।

उनीहरूको कार्यविभाजन गरेर प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । १४ जना मन्त्रीको आजै शपथ हुनेछ ।
नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन् ।

गठबन्धनमा जसपा पनि छ । तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन । नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेका छैनन् ।

कुन पार्टीबाट को भए मन्त्री?

नेकपा एमाले

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

२. राजेन्द्रकुमार राई, मन्त्री खानेपानी

३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

७. हरि उप्रेती, रक्षा मन्त्री

८. ज्वालाकुमारी साह, कृषि मन्त्री

नेकपा (माओवादी केन्द्र)

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२. वर्षमान पुन, अर्थमन्त्री

३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री