राजनीति

२०८४ को निर्वाचनमा प्रदेश रहने नरहनेमा शंका छ- उर्जामन्त्री सरस्वती अर्याल तिवारी

२०८४ को निर्वाचनमा प्रदेश रहने नरहनेमा शंका छ उर्जामन्त्री सरस्वती अर्याल तिवारी
पोखरा, १५ पुस/ गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले संघले प्रदेशलाई अधिकार दिन सकेन भने आगामी २०८४ को निर्वाचनमा प्रदेश रहने नरहनेमा शंका व्यक्त गरेकी छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा उनले सातै प्रदेशमा कर्मचारी देखि प्रहरी समायोजन हुन नसकेको भन्दचिन्ता व्यक्त गरिन् । प्रदेश सरकारलाई सफल बनाउने वा नबनाउने हात निजामती कर्मचारीमा रहेको बताउदै उनले सरकारलाई सहयोग गर्नुपर्ने बताइन् । गण्डकी प्रदेश कृषि तथा भूमिब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कर्मचारीहरुले आफुसँग भएको क्षमतालाई पूणए रुपमा उपयोग… पुरा पढौ

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व होः प्रधानमन्त्री

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व होः प्रधानमन्त्री
काठमाडौं, पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनु भएको छ । तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको हो । उहाँले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको औल्याउनु भयो । प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङद्धारा तमु ल्होसारको शुभकामना

पोखरा, १५ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङ द्धारा तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा शुुभकामना दिनुु भएको छ । प्रदेश प्रमुख गुरुङले आज एक शुुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुु भएको हो । गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् भन्दै प्रदेश… पुरा पढौ

नेकपा एमाले गण्डकीले १० करोडको घर किन्ने, जिल्ला अधिवेशन चैतभित्र सक्ने निर्णय

नेकपा एमाले गण्डकीले १० करोडको घर किन्ने, जिल्ला अधिवेशन चैतभित्र सक्ने निर्णय
पोखरा, १४ पुस/ नेकपा एमाले गण्डकीले १० करोडमा कार्यालयका लागि घर किन्ने भएको छ । पोखरा ८ सिर्जनाचोकमा रहेको घर ९ करोड ६५ लाखमा खरिद गर्ने मौखिक सम्झौता भइसकेको छ । पास गर्दा १० करोडभन्दा बढी लाग्छ । यसअघिको बैठकले प्रत्येक सदस्यबाट ५ सय नघट्ने गरी उठाउने निर्णय गरेको थियो । गण्डकीमा ६३ हजार पार्टी सदस्य रहेका एमालेको दाबी छ । पार्टी सदस्यबाट मात्रै ३ करोड १५ लाख भन्दा बढी उठ्छ । बाँकी रकम शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने उनले… पुरा पढौ

स्वास्थ्य विमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

स्वास्थ्य विमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, १० पुस / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बिमा ऐन ल्याइएको हो, तर बिमा कार्यक्रम त्यसको भावना र व्यवस्थाअनुसार अघि बढेन। अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ग्यारेन्टी गर्ने काम उच्च प्राथमिकतामा हुनेछ।’ स्वास्थ्य बिमा ऐन बमोजिम बिमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार,… पुरा पढौ

पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा

पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा
पोखरा, ७ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा खोइलो प्रहार भएको छ । पोखराको अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोइला प्रहार गरेका हुन् । मकैको खोइला प्रहारपछि सम्बोधन गर्दै रविले आफ्नो सपना पूरा नभएसम्म खोइयालाई घरमा झुन्डाएर राख्ने बताए । उनले जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले खोया प्रहार गर्ने युवकलाई पक्राउ… पुरा पढौ

आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुनेः मुख्यमन्त्री पाण्डे

आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुनेः मुख्यमन्त्री पाण्डे
लेखनाथ, ६ पुस / ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए । मुख्यमन्त्री पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी… पुरा पढौ

सिंहदरबारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्यांकन गर्छु- प्रधानमन्त्री

सिंहदरबारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्यांकन गर्छुस् प्रधानमन्त्री
काठमाडौं, ४ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताउनुभएको छ। बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो। यो आफैमा महत्वपूर्ण छ। मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दैछ। मैले क्यालेण्डर नै बनाएर सबै… पुरा पढौ

गगन थापाको गर्जनः भ्रष्टचारी लेखेको व्यानर लेखेपनि छोपेपनि केही हुदैन

गगन थापाको गर्जनः भ्रष्टचारी लेखेको व्यानर लेखेपनि छोपेपनि केही हुदैन
पोखरा, ३ पुस/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले सबैलाई समेटेरका कारण सबैलाई समेटेर अगाडी पर्ने बताएका छन् । उनले एक पार्टीको बहुमत पु¥याउन गाह्रो भएको बताउदै अरु पार्टी सगँ मिलेर सरकार बनाउन परेको बताए । पोखरामा मंगलबार देखी शुरु भएको नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा सभापति देउवाले कुनै पनि पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता भएको बताए । उनले अरु पार्टीले कांग्रेसको आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएकाले पार्टीको जित भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले… पुरा पढौ

कांग्रेस गण्डकीको सम्मेलनको तयारी पुरा, प्रतिनिधि पोखरा आउन थाले

कांग्रेस गण्डकीको सम्मेलनको तयारी पुरा, प्रतिनिधि पोखरा आउन थाले
पोखरा, २ पुस/ पोखरामा मंगलबार देखी हुने नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । पुस ३ र ४ गते पोखरामा हुने सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । देउवा बिहान १० बजे पोखरा आउनुहुने कार्यतालिका रहेको छ भने सम्मेलनको औपचारिक कार्यक्रम ११ः३० बजेबाट सुरु हुने कांग्रेस गण्डकी प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख रमेश पौडेलले जानकारी दिए । सम्मेलनमा पार्टी सभापति देउवा लगायत अन्य शिर्ष नेताहरुले समेत सम्बोधन गर्ने… पुरा पढौ