
गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङ
पोखरा, १५ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङ द्धारा तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा शुुभकामना दिनुु भएको छ ।
प्रदेश प्रमुख गुरुङले आज एक शुुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुु भएको हो ।
गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् भन्दै प्रदेश प्रमुख गुरुङले गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वत लगायतका जिल्लाहरूमा यो पर्व अपार उमङ्गका साथ मनाउने गरिन्छ भन्नुु भयो ।
प्रदेश प्रमुख गुरुङले तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुु भयो ।
प्रदेश प्रमुख गुरुङले यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै , आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु भन्नुु भयो ।
अन्त्यमा, प्रदेश प्रमुख गुरुङले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य‚ सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै यो महत्वपूर्ण पर्वका अवसरमा सम्पूर्ण तमुहरूमा पुनः शुभकामना दिनुु भएको छ ।