नेकपा एमाले गण्डकीले १० करोडको घर किन्ने, जिल्ला अधिवेशन चैतभित्र सक्ने निर्णय

-


     क्लिक गण्डकी     
     पौष १४ गते २०८० मा प्रकाशित


नेकपा एमाले गण्डकीले १० करोडको घर किन्ने, जिल्ला अधिवेशन चैतभित्र सक्ने निर्णय

नेकपा एमाले गण्डकीले १० करोडको घर किन्ने, जिल्ला अधिवेशन चैतभित्र सक्ने निर्णय

पोखरा, १४ पुस/ नेकपा एमाले गण्डकीले १० करोडमा कार्यालयका लागि घर किन्ने भएको छ । पोखरा ८ सिर्जनाचोकमा रहेको घर ९ करोड ६५ लाखमा खरिद गर्ने मौखिक सम्झौता भइसकेको छ । पास गर्दा १० करोडभन्दा बढी लाग्छ ।

यसअघिको बैठकले प्रत्येक सदस्यबाट ५ सय नघट्ने गरी उठाउने निर्णय गरेको थियो । गण्डकीमा ६३ हजार पार्टी सदस्य रहेका एमालेको दाबी छ । पार्टी सदस्यबाट मात्रै ३ करोड १५ लाख भन्दा बढी उठ्छ । बाँकी रकम शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने उनले बताए ।

कास्कीकै मनबहादुर गुरुङको नाममा रहेको उक्त घरको बैना १५ लाख रुपैयाँसमेत एमालेले दिइसकेको छ । एमालेले गण्डकी प्रदेश अन्तर्गत जिल्ला अधिवेशनहरु चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । एघारै जिल्लाको अधिवेशन चैतभित्र सक्ने निर्णय भएको बैठकले गरेको छ ।

ने क पा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै ने क पा एमाले  उपमहासचिब  पृथ्वी सुब्बा गुरुङले पार्टी काम ब्यबस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभाबकारिताका साथ लाग्न आग्रह गर्नु भयो।

उप महासचिब गुरुङले  समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा बर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गर्नुभयो ।  देशलाई बर्तमान सरकारले  बिगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा बढ्दै गएको भन्दै  देश नै बर्बादीतिर उन्मुख गराएको   जिकिर गर्नुभयो उहाँले आम जनताको चाहना र इच्छा बुझेर काम गर्न आग्रह गर्नुभयो ।

एमाले सचिब तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरू  सुढृड पार्टी निर्माणमा हर तरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा हुने जिकिर गर्नुभयो ।

 बिष्टले हर पार्टी कमिटीहरू चलायमान बनाउदै पार्टीको समय सापेक्ष  नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
बैठकमा सो पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पूरा गर्न सम्पूर्ण पार्टी कमिटी र सदस्यहरू एकमाना एकता सहित  कटिबद्धताका साथ लागि पर्न आग्रह गर्नुभयो।

अधिकारिले लोकतान्त्रिक गणतन्त्रको कुनै बिकल्प नभएको भन्दै अनेकन अफबाहलाई चिर्दै जनताको बिचमा जानू पर्ने उल्लेख गर्नुभयो ।

बैठकले पार्टी कमिटिका सदस्यहरूको कार्य बिभाजन गरेको छ ।जस अनुसार गण्डकी प्रदेशका निर्बाचन क्षेत्र ,भुगोल  जिल्ला ,पालिका , जनबर्गिय संगठन सहित विभिन्न  बिभागिय जिम्मेवारी  तोकेको सचिब धनन्जय दवाडी जानकारी दिनुभयो।

सचिब दवाडीका अनुसार पार्टीबाट निर्बाचित  स्थानिय तहका जनप्रतिनिधिहरूलाइ प्रशिक्षण सहित प्रथम अधिबेशनबाट निर्बाचित चालीस बर्षमुनिका कमिटी सदस्यहरूलाइ नेतृत्व बिकास कार्यशाला समेत आयोजना गर्ने निर्णय भएको छ।

बैठकले जनबर्गिय संगठनको अधिबेशन माघ भित्र तथा जिल्ला अधिबेशन चैत्र भित्र सम्पन्न गर्ने निर्णय गरेको उप सचिब तथा प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले उल्लेख गर्नुभयो ।

बैठकले पार्टीको प्रदेश कार्यालय संचालनका लागि भवन किन्ने निर्णय गरेको छ भने पहिलो अधिबेशनबाट निर्बाचित छुट सदस्यहरूको सपथ समेत सम्पन्न गरेको अधिकारीले जानकारी दिनुभयो । ने क पा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको  थियो।