राजनीति

कर बृद्विको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा

कर बृद्विको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा
पोखरा, ८ माघ/ नेपाली काँग्रेस कास्कीले पोखरा महानरपालिकाका प्रमुख धनराज आचार्यलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि अस्वाभाविक रुपमा वढाएको करको विरोध गर्दै ज्ञापनपत्र बुझाइएको हो । कास्की काँग्रेसका सभापति किशोरदत्त बराल नेतृत्वमा गएको टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रमा अस्वाभाविक कर वृद्धि घटाउनका लागि पटक पटक अनुरोध गर्दा पनि महानगरले त्यस तर्फ उचित ध्यान नदिएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राजश्व प्रशासनलाई व्यवस्थित र वैज्ञानिक बनाउन अनुरोध गरिएको छ ।… पुरा पढौ

बाग्लुङमा दुर्गा प्रसाईंलाई हातपातको प्रयास, पोखरामा पृथ्वीचोकमा कार्यक्रम गर्न रोक

दुर्गा प्रसाईं
पोखरा, ४ माघ/ बाग्लुङमा कार्यक्रम गर्दा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ । कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डीएसपी मदन केसीले बताए । हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेको उनले बताए । बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् । देश दौडाहामा हिंडेका प्रसाईंलाई… पुरा पढौ

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान
काठमाडौं, ४ माघ/ असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गर्नुभएको छ। माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गर्नुभएको हो। प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल,… पुरा पढौ

प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन प्रधानमन्त्रीको निर्देशन

प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, ३ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिनुभएको छ। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो। बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिनुभएको… पुरा पढौ

पोखराबाट अन्तराष्ट्रिय उडान हुन नसक्नुको कारण सरकारले जवाफ दिनपर्छः सभामुख घिमिरे

देबराज घिमिरे
पोखरा, २६ पुस/ बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखी बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको हो । पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभासद देबराज घिमिरेले उद्घाटन गरेका हुन । महोत्सवको उदघाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने वताएका छन । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दापनि अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको वताउदै अन्तराष्ट्रिय उडान हुन… पुरा पढौ

नेकपा एमाले कास्कीको अधिबेशन चैत दोस्रो साता

नेकपा एमाले कास्कीको अधिबेशन चैत दोस्रो साता
पोखरा, २५ पुस/ नेकपा एमाले कास्कीको अधिबेसन आउदै चैत १० र ११ गते हुने भएको छ । एमाले कास्कीको जिल्ला कमिटी एघारौं पुर्ण बैठकले कास्कीको जिल्ला कमिटीको अधिबेशन चैत्र १० र ११ गते गर्ने निर्णय गरेको हो । बैठकले पालिका र ईलाका अधिबेशन चैत्र महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमाले कास्कीका सचिब वैनबहादुर क्षत्रीले जानकारी दिए । पुरा पढौ

पोखरामा बढाइएको राजश्व घटाउन काँग्रेसको माग

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २५ पुस / नेपाली काँग्रेसले पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व घटाउन माग गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल र पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गर्नुभएको हो । पोखरा महानगरपालिका पोखरेली जनताको अविभावकिय संस्था भएकोले यसले पोखरेली जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएकोे छ । आ.व.२०८०/०८१ का लागि बढाईएको राजस्व वृद्धि जनताको हित अनुकुल नभएकाले राजस्व वृद्धिमा पुर्नविचार गर्न आवश्यक देखिएको छ, विज्ञप्तिमा भनिएको छ । नेपाली काँग्रेस, कास्की… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका गण्डकीमा ८ जनाको उम्मेदवारी

कांग्रेसबाट किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, माओवादी मनरुपा शर्मा
सागर राज तिमिल्सिनापोखरा, २३ पुस/ राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा ३ पदका ८ जनाको उमेद्वरी परेको छ । माघ ११ गते हुने निर्वाचनका लागि गण्डकीमा नेपाली काग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाका उम्मेदवारले उमेद्वारी दिएको निर्वाचन कार्यालय गण्डकीका निमित्त प्रमुख रुद्र न्यौपानेले बताए । गण्डकी प्रदेशबाट ३ सदस्य निर्वाचित हुनेमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट २ पद कांग्रेस र माओवादीबाट १ पदमा उमेद्वारी दिएका छन् । कांग्रेसबाट गोरखाका किरणबाबु श्रेष्ठ र कांग्रेसबाट अपांगताबाट पदमबहादुर परियारले उमेद्वारी दर्ता गराए । त्यसै गरी… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु तय, कस्को होला पल्लाभारी ?

निर्वाचन चुनाब
पोखरा, २३ पुस/ राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदैछ । यसका लागि दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । गण्डकी प्रदेशबाट ३ सदस्य निर्वाचित हुनेमा सत्ता गठबन्धनबाट २ पद कांग्रेस र १ पदमा माओवादीले उमेद्वारी बनाएका छन् । कांग्रेसले गण्डकीबाट गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई टिकट दिएको छ । माओवादीले पर्वतकी मनरुपा शर्मालाई टिकट दिएको छ । गण्डकीमा कांग्रेसको वर्चश्च भएकाले गठबन्धनकै उम्मेदवार विजयी हुने निश्चित छ ।… पुरा पढौ

विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुनेछः प्रधानमन्त्री

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व होः प्रधानमन्त्री
रामेछाप, १९ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताउँदै आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभएको छ। बिहीबार दिउँसो रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको उर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ूमेरो भारत भ्रमणका क्रममा नै नेपालले दश… पुरा पढौ