राष्ट्रियसभा सदस्य निर्वाचनका गण्डकीमा ८ जनाको उम्मेदवारी

-


     क्लिक गण्डकी     
     पौष २३ गते २०८० मा प्रकाशित


कांग्रेसबाट किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, माओवादी मनरुपा शर्मा

कांग्रेसबाट किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, माओवादी मनरुपा शर्मा

सागर राज तिमिल्सिना
पोखरा, २३ पुस/ राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा ३ पदका ८ जनाको उमेद्वरी परेको छ । माघ ११ गते हुने निर्वाचनका लागि गण्डकीमा नेपाली काग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाका उम्मेदवारले उमेद्वारी दिएको निर्वाचन कार्यालय गण्डकीका निमित्त प्रमुख रुद्र न्यौपानेले बताए ।

गण्डकी प्रदेशबाट ३ सदस्य निर्वाचित हुनेमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट २ पद कांग्रेस र माओवादीबाट १ पदमा उमेद्वारी दिएका छन् । कांग्रेसबाट गोरखाका किरणबाबु श्रेष्ठ र कांग्रेसबाट अपांगताबाट पदमबहादुर परियारले उमेद्वारी दर्ता गराए । त्यसै गरी माओवादीबाट पर्वतकी मनरुपा शर्मा उमेद्वार भएकी छन् ।

यसैगरी नेकपा एमालेबाट गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचन थकाली उम्मेदवार बनेका छन् ।

राप्रपबाट गण्डकीमा महिलाबाट तनहुँकी गौमाया श्रेष्ठ र कास्कीका रोमबहादुर भण्डारीलाई उमेद्वारी दिएका छन् ।

गण्डकीबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल सकिदै छ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन् ।

गण्डकीमा नेपालकी काग्रेसको २ हजार ७ सय ४ मतभार हुन्छ । त्यसै गरी नेकपा एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ९४, राप्रपाको १ सय ६, समाजवादीको ७२, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्र उमेद्वारको १९ मतभार रहेको छ ।

गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार रहेकाले सत्ता गठबन्ध कै जित नजिक छन् । सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।

यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८ सय २७ मतभार गठबन्धनको पक्षमा देखिन्छ । एमालेको २ हजार ४३९ मतभार छ ।