
दुर्गा प्रसाईं
पोखरा, ४ माघ/ बाग्लुङमा कार्यक्रम गर्दा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ । कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डीएसपी मदन केसीले बताए ।
हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेको उनले बताए । बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन ।
प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।
देश दौडाहामा हिंडेका प्रसाईंलाई प्रशासन कार्यालयले पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोकेको पत्रकार सम्मेलन गरे जानकारी दिएका छन् ।
प्रसाईंले शुक्रबार पृथ्वीचोकमा कार्यक्रम गर्ने तयारी गरेका थिए । तर प्रशासनले सो क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको प्रसाईंले जानकारी दिए ।
प्रसाईंले शुक्रबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरेको बताए । कार्यक्रमलाई राप्रपाले समर्थन गरेको छ ।