दीपक मनाङे गण्डकी प्रदेशमा चौथो पटक मन्त्री बन्दै, आजै शपथको तयारी

-


     क्लिक गण्डकी     
     चैत्र ५ गते २०८० मा प्रकाशित


दीपक मनाङे

दीपक मनाङे

पोखरा, ५ चैत/ आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेश सरकारको मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेका छन् । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडे ।

अहिले गण्डकीको राजनीतिमा ट्विष्ट भएको छ । कांग्रेसले पनि सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी गरेको छ ।

नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मुख्यमन्त्री पाण्डेले फकाइरहेका छन् । राप्रपाले मध्यावधिमा जानबाट रोक्ने बताइरहेको छ ।