सांसद दीपक मनाङेले एकीकृत समाजवादी त्यागे

-


     क्लिक गण्डकी     
     चैत्र ४ गते २०८० मा प्रकाशित


दीपक मनाङे

दीपक मनाङे

पोखरा, ४ चैत/ गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एकीकृत समाजवादी त्यागेका छन् ।

मनाङे स्वतन्त्र रूपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका थिए । तर केन्द्रमा भएको राजनीतिक समीकरणको फेरबदलपछि उनले पार्टी छोडेका हुन् ।

मनाङेले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी दिए । बिना कारण केन्द्रमा गठबन्धन फेरिँदा देशमा अस्थिरता मौलाएको उनको टिप्पणी छ ।

उनले केन्द्रको गठबन्धनले पनि एमाले र माओवादीलाई गण्डकीमा बहुमत पु¥याउन सहज नहुने बताए । नयाँ गठबन्धनले पनि बहुमत नपु¥याउँदा प्रदेश मध्यावधिमा जान सक्ने भएकोले मध्यावधि रोक्न आफूले पहल गर्ने बताए ।

मनाङेले कांग्रेसको सरकारलाई समर्थन गर्न सक्ने देखिएको छ । नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनको दल त्यागगरेपछि गण्डकीको राजनीतिमा नयाँ ट्वीस्ट आएको छ ।



This will close in 10 seconds