व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री दहालको आग्रह

-


     क्लिक गण्डकी     
     चैत्र ३ गते २०८० मा प्रकाशित


व्यवसायीलाई ढुक्का भएर लगानी गर्न प्रधानमन्त्री दहालको आग्रह

व्यवसायीलाई ढुक्का भएर लगानी गर्न प्रधानमन्त्री दहालको आग्रह

पोखरा, ३ चैत /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित ७ औ संस्करणको आमन्त्रण गल्फ प्रतियोगिताका विजेतालाई शनिबार पोखरामा पुरस्कार वितरण गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो सत्तासहकार्य फेरिएसँगै गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन निर्देशन दिएको बताए । उनले नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनु नपर्ने बताए ।

उनले अघिल्लो गठबन्धनले अगाडी सारेका विकासका कामलाई आगडी बढाउने बताए । उनले नेपालमा अहिलेको व्यवस्थाले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध नहुने बताए । उनले दलहरु सगँ विषय बस्तु अनुसार सहकार्य गर्ने बताए ।

उनले अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता रहेको आफूलाई जानकारी भएको बताए । प्रधानमन्त्री प्रचण्डले हवाई सञ्चालनका विषयमा भारत र चीन दुबै देशसगँ छलफल अगाडी बढाएको बताए ।

पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् । कार्कीले सुनको बल पुरस्कार जिते । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए ।