गण्डकी प्रदेशमा २ मन्त्रालय थपेर ९ मन्त्रालय बनाउने निर्णय

-


     क्लिक गण्डकी     
     चैत्र २९ गते २०८० मा प्रकाशित


खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को

खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को

पोखरा, २९ चैत/ गण्डकी प्रदेश सरकारले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् ।

मंगलबार बसेको खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

सत्ता संकटमा पर्ने देखिएपछि ९ मन्त्रालय बनाउने निर्णय गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री सगँ रहेको आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले बताए ।

बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । बुधबार सर्वाेच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

गण्डकीमा सभामुखलाई समेत प्रयोग गरेर एमालेका २२, माओवादीका ८ र दीपक मनाङे सहित सरकार दाबी पेश गरेका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गरेका थिए ।

२ सदस्य रहेको राप्रपा अनिर्णित हुँदा २७ सदस्य रहेको कांग्रेसका सुरेन्द्रराजले २१ गते राजीनामा दिएरका थिए ।