पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्णः मुख्यमन्त्री अधिकारी

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०८१ मा प्रकाशित


पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्णः मुख्यमन्त्री अधिकारी

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्णः मुख्यमन्त्री अधिकारी

पोखरा ११ बैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहका सरकारको भूमिका महत्पूर्ण हुने बताउनुभएको छ । मंगलबार पोखरा लेकसाइडमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘एयरपोर्ट देखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र, मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ’ उहाँले भन्नुभयो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँको गुनासो थियो । यति हुँदा हुँदै पनि प्रधानमन्त्रीको मुखारविन्दबाट घोषणा हुनु भने सुखद रहेको बताउनुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न रविन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा नै प्रस्ताव मन्त्रीपरिषदमा लगेको उहाँले खुलाउनुभयो ।

‘त्यतिबेला कोही चितवन भन्ने, कोही काठमाण्डौ त छदैछ भन्ने, कोही के भन्ने त चलिरहेको थियो, त्यो प्रस्ताव क्याविनेटमा गएर होल्ड गरेको प्रस्ताव हो’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । नेपाल सरकारले घोषणा नगर्दा दायित्वबाट पन्छिन् खोजेको हो की भन्ने आशंका देखाएको उहाँको भनाई छ ।

‘नेपाल सरकारले घोषणा गर्नुको भित्र धेरैं दायित्वहरु छन् । त्यो दायित्वबाट पन्छिन खोजेको त होइन । त्यही पनि हामी खुशी छौ । हाम्रो दावा रह्यो’ उहाँले थप्नुभयो । प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई स्वामित्वको रुपमा लिएर अगाडि बढ्नुपर्ने उहाँको आग्रह छ । पोखरामा अझै केही पूर्वाधारको अभाव भएकोले तीनलाई पुरा गर्नुपर्नेमा उहाँको जोड थियो ।

‘अन्तरराष्ट्रिय सम्मेलन गर्न सक्ने खालको हलहरूको अभाव छ, होटलहरुको अभाव छ, त्यो लेभलमा पुग्नुपर्नेछ । पर्यटन राजधानी भनेपछि सबैकुरा पु¥याउदै जानुपर्छ’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

यहीं समयमा निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो । निजी क्षेत्र तथा सरकारी क्षेत्रबाट यस्ता धेरैं पर्यटन प्रवद्र्धनका काम हुन् भन्ने कुरामा सबै सकारात्मक हुनुपर्ने उहाँको भनाई थियो । व्यवसायीहरूले व्यसायमा गुणस्तरियता दिनुपर्ने समेत उहाँले बताउनुभयो ।

२०६६ सालबाट थ्रीस्टारको सुविधा दिएको होटल स्तरोन्नती गरेर फोर स्टार लेभलमा सञ्चालन गर्न लागिएको सञ्चालक हरी शर्मा गैह्रेले बताउनुभयो । होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्विट गरेर ६५ वटा रुम र तीनवटा हल रहेको उहाँले खुलाउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा वर्षमा २० लाख पर्यटक ल्याउन सक्ने आधार रहेको दावी गर्नुभयो । पोखरालाई २४ सै घण्टा खुलाउनको लागि मुख्यमन्त्री अधिकारीले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई थियो । उहाँले पोखराको पर्यटन क्षेत्रमा ६ अर्बको लगानी रहेको खुलाउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई, होटलका जनरल मेनेजर लक्ष्मण खड्का, सञ्चालक बालकृष्ण गैह्रे लगायतले बोल्नुभएको थियो ।