
किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक ः मुख्यमन्त्री अधिकारी
पोखरा, २३ बैशाख/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० सांसदले समर्थन जनाएका थिए । त्यसपछि सभामुख कृष्णप्रसाद धितालले मत अधिकार भएको भन्दै प्रस्तावको पक्षमा मत हाल्दै मुख्यमन्त्री अधिकारीले विस्वासको मत पाएको घोषणा गरे ।
प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २७ सांसदले मत हाले । राप्रपाका दुई सांसद तठस्थ रहे । गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् । सभामुखले घोषणा गर्दा असंवैधानिक बाटो कदम भएको भन्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई संसद् बैठकमै कालोझण्डा देखाइएको छ ।
सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरे । यस अगाडी गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका थिए । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् ।
संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसले सभामुखलाई नै महाअभियोग लगाउने चेतावनी दिएको छ । दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख तटस्थ नबसे महाअभियोग लगाउनुपर्ने अवस्था आउने चेतावनी दिए । उनले सभामुख रेफ्री हो । तटस्थ बस्नुपर्छ । मेरो अनुरोध छ, तटस्थ बस्नुहोला । समयमै भनिरहँदा पनि अटेर गर्ने हो भने सभामुखले रोष्टममा उभिएर जवाफ दिनुपर्ने हुनसक्छ ।’
पाण्डेले संविधानको विषयमा सर्वोच्चले गरेको व्याख्यामा असहमति जनाए । ‘अदालतले गरेको फैसलामा मेरो पार्टी र मेरो गम्भीर असहमति छ । कोशीमा उही कुरामा एउटा फैसला आयो, गण्डकीमा अर्को निर्णय आयो । यो संविधानको खिलाफमा छ । उनले सर्वोच्चले एउटै मुद्धामा कोशी र गण्डकीमा फरक निर्णय गरेको बताए ।
गण्डकी प्रदेशसभाका माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेको बताए । उनले मध्यावधि निर्वाचन रोक्न मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताए । प्रदेशसभामा कुनै प्रस्तावको पक्षमा बराबर मत परेमा सभामुखले निर्णायक मत दिन सक्ने माओवादी नेता चुमानले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकीका मुख्यमन्त्ती खगराज अधिकारीलाई विश्वासको मत नदिने बतायो । राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराए । केन्द्रीय सत्ता गठबन्धन जनताको भावनाविपरीत चलेको र संसदको पाचौं पार्टी राप्रपासँग छलफल, सल्लाह त परै जाओस्, उल्टै आरोप, प्रत्यारोप लगाउने काम गरेको उनले बताए ।
आफूमाथि सडकबाट प्रश्न उठ्दा छानबिन समिति बनाएर छानबिन गरौं भन्दा नमान्ने दल पनि केन्द्रीय सत्ता गठबन्धनमै भएको उनको भनाइ थियो ।
सरकार अल्पमतमा परेपछि विश्वासको मत पाउने स्थिति नदेखेपछि गत चैत २१ गते तत्कालिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको ३ बजेसम्मका लागि समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
तर २५ चैतमै सभामुख सहितको संख्या गणना गरेर एमाले संसदीय दलका नेता अधिकारीले दाबी पेश गरेपछि प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्रीमा नियुक्ति दिए । सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरी मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री पाण्डे अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चमा न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले अधिकारीलाई विश्वासको मत लिएर आफूलाई बहुमत पुष्टि गर्न बाटो खुला गरिदिएको थियो ।
https://www.youtube.com/watch?v=iJjIQkkxbuA&t=5s&ab_channel=GandakiNews
https://www.youtube.com/watch?v=5lQNGlOsvDg&ab_channel=GandakiNews





