
जीवन आचार्य र दिपक पौडेल
पोखरा, २० जेठ/ एमालेका दुई ठुला नेताबिचको तिक्ततापूर्ण प्रतिस्पर्धा पोखरा महानगर कमिटिमा पनि देखीएको छ । एमालेको पोखरा महानगर कमिटी दोस्रो अधिवेशनमा पनि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबिचको गुटगत प्रतिस्पर्धा हुने भएको छ ।
गुरुङको गुटबाट अध्यक्षमा दीपक पौडेल उम्मेदवार छन् । उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिवमा किरण गौतम र लालबहादुर राना र लेखा कमिटी अध्यक्षमा राजेश गुरुङ उम्मेदवारी दिएका छन् । पौडेल यसअघि पोखरा महानगरकै मेयरको टिकट पाएर पनि खोसिएका व्यक्ति हुन् ।
अधिकारी गुटबाट हालका सचिव जीवन आचार्य अध्यक्षका उम्मेदवार हुन् । उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, सहसचिवमा विष्णु गौतम र हरिमाया विश्वकर्मा, लेखा कमिटी अध्यक्षमा दुर्योधन गिरीले उम्मेदवारी दिएक छन् ।
आचार्य अहिलेको कमिटीमा महासचिब थिए । अध्यक्षका दाबेदार आचार्य यसअघि पोखरा महानगर १६ नम्बर वडाका अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् ।
अधिवेशनका लागि आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६, जनवर्गीय सङ्गठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुने छ । भोटिङ सोमबार बिहान ७ देखी १२ बजे सम्म हुनेछ ।
अहिले सम्म केही सदस्य सर्वसमत भएका छन् । नारायण प्रसाद त्रिपाठी( पोखरा २८), तारा देवी तिवारी (पोखरा ३), मिना ढकाल (पोखरा ६), राधिका कार्की (पोखरा १४), गोमा आचार्य (पोखरा १६), देवि तिउसिना (सम्झना)(पोखरा १७), सुशील पौडेल (पोखरा १७), रमेश बहादुर थापा (पोखरा १८), नवीन भण्डारी (पोखरा १९), भिम बहादुर गुरुङ (पोखरा २०), दिपकराज लामिछाने (पोखरा ३३), सरस्वती भण्डारी आचार्य (पोखरा ३३) नारायण बहादुर भण्डारी (पोखरा २१) छन् ।





