हरेक २४ घण्टामा रणनीति परिर्वतन हुन सक्छ – प्रचण्ड

-


     क्लिक गण्डकी     
     जेठ २३ गते २०८१ मा प्रकाशित


पुष्पकमल दाहाल

पुष्पकमल दाहाल

पोखरा, २३ जेठ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् ।

नेकपा माओवादी गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत गर्ने बताए ।

माओवादी एकढिक्का हुने हो भने आफ्नो नेतृत्वको सरकार ५ वर्ष जाने सम्भावना रहेको उनले बताए । पार्टी भित्र मैलाउदै गएको गुटलाई इन्गित गर्दै दाहालले भने ‘हामीभित्र भाँडभैलो भयो भने चाहिँ गाह्रो छ ।’ ‘त्यसकारण आफू पनि भाँडभैलो नगर्नुहोला, अरुलाई पनि गर्न नदिनु होला ।’

उनले हरेक २४ घण्टामा रणनीति परिर्वतन हुनसक्ने बताए । त्यसै अनुरुप आफुहरु बालकोट गएर भएपनि सत्ता लिइ छाडेको बताए ।

उनले बर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बर्जुवा चरित्रको नभएको स्पष्ट पारे । सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थसमाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको उनको भनाई छ ।

उनले अझै केही वर्ष पार्टीको नेतृत्व नछाड्ने प्रष्ट संकेत समेत गरे । पार्टी, विचारसँगै नेतृत्वको पक्षमा उभिने नेता कार्यकर्ता मात्र महान हुने उनको दाबी छ । उनले अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई ?’ भन्दै कार्यकर्तालाई प्रश्न गरे । उनले नेतृत्व छोड्ने बेलामा धेरैभन्दा धेरै नेता उत्तराधिकारी बनेर आओस् भन्ने चाहन्ना रहेको बताए ।