भूकम्प पिडितलाई राहत र उद्धारमा ध्यान दिन नेता गगन थापाको आग्रह

-


     क्लिक गण्डकी     
     कार्तिक १८ गते २०८० मा प्रकाशित


गगन थापा

गगन थापा

पोखरा, १८ कात्तिक/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को समय राहत र उद्धारमा ध्यान दिनुपर्ने बताएका छन् ।

पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले यो बेला भीआइपीको भ्रमण बढी हुन सक्ने भन्दै त्यहीँ पुग्ने होडबाजी छोडेर राहत र उद्धारमा लाग्न आग्रह गरे ।

उनले प्रधानमन्त्री जानुभएको छ, अब अन्य सबै जाने हैन राहत र उद्धारमा लाग्नु पर्ने बताए । उनले अन्य भीआइपी जादाँ सुरक्षा संयन्त्र भीआइपीको भिजिट म्यानेजमेन्टमा व्यस्त हुदा उद्धारमा ढिलाई हुने बताए ।

उनले प्रदेश सरकारले औचित्य पुष्टि गर्ने समय आएकोले सोही अनुसार आफूलाई प्रस्तुत गर्न आग्रह गरे । उनले पश्चिम नेपालमा लामो समय भूकम्प नगएका कारण कुनै समय ठुलो क्षति पु¥याउन सक्छ भनेर चेतावनी दिइरहेका बेला आजको भुकम्पले अबको निमार्ण राम्रो बनाउनु पर्ने बताए ।

अब प्रदेश र स्थानीय सरकारले जोखिमपूर्ण बस्तीहरूको पुनः निर्माण गर्दा ध्यान दिन आवश्यक रहेको बताए । उनले क्षति न्यूनीकरण गर्न पार्टीका सबै संयन्त्रलाई परिचालित हुन उनको अपिल गरे ।

उनले अर्को प्रशंगमा नेपाली काग्रेसले निर्वाचन आगडी कुनै पनि पार्टी सगँ गठबन्धन गर्नै नहुने बताए । उनले राजनैतिक दलका आफ्नै मान्यताहरु हुने हुदा चुनावी गठबन्धन गर्न नहुने बताए ।

उनले गठबन्धनलाई आफुले नमानेको बताए । यो त नताहरुको क्लब मात्रै भएको बताए । महामन्त्री थापा अन्नपूर्ण सर्किट अन्तर्गत घोरेपानी, घान्द्रुक ट्रेकिङ गरेर शुक्रबार पोखरा फर्किएका हुन् ।



Tags: