
गण्डकीमा कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलव भूकम्प पीडितलाई दिने
पोखरा, २१ कात्तिक/ गण्डकी प्रदेशमा कांग्रेसका मन्त्री र सांसदले १५ दिनको तलव भुकम्पपीडितलाई दिने भएको छ ।
संसदीय दल पदाधिकारी बैठकले १५ दिनको तलव दिने निर्णय गरेको प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले जानकारी दिए ।
भूकम्पका कारण परेको क्षतिप्रति हाम्रो गहिरो दुख छ । यस घडीमा पुनः स्थापनाका लागि हाम्रो पनि भुमिका रहनुपर्छ,झ उनले भने, पहिलो चरणमा १५ दिनको तलव दिने निर्णय गरेका छौं ।
यो निर्णयले ७ लाख हाराहारी सहयोग पुग्छ । यहाँ कांग्रेसका २७ सांसद छन् । तिमध्ये ४ जना मन्त्री, २ जना समिति सभापति छन् । पदाधिकारीको तलव फरक छ भने सांसदहरुको तलव ५४ हजार २ सय छ ।
सांसद डिल्लिराम सुवेदीले भने १ महिनाकै तलव दिने घोषणा गरिसकेका छन् । एमालेले भने ७ दिनको तलव दिने घोषणा गरेको थियो ।





