मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई माधव नेपालको दबाब

-


     क्लिक गण्डकी     
     मंसिर २३ गते २०८० मा प्रकाशित


दीपक मनाङे

दीपक मनाङे

पोखरा, २३ मंसिर/ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई मन्त्री बनाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फोन गर्ने बताएका छन् ।

अध्यक्ष नेपालले पाण्डेसँगको भेटमा मात्र होइन, फोनमार्फत नै विगतको समझदारीअनुसार आफ्नो पार्टीलाई मन्त्री दिइनुपर्ने बताउँदै आएका छन् ।

मनाङ (ख) बाट निर्विरोध चुनाव जितेपछि एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) गत वैशाखमा मन्त्रिपरिषद् विस्तार हुनेबेला मन्त्री बन्ने चर्चा थियो । तर, मन्त्री बन्ने चर्चाबीच उनी मन्त्रिपरिषदमा अटाएनन् । त्यसै कारण पनि उनले बारम्बार उनलाई मन्त्री बनाउन बताएको बताए ।

अध्यक्ष नेपालले वैशाखमा मन्त्रिपरिषद् विस्तार हुँदा मनाङे किन अटाएनन् र पार्टी सरकारमा गएन भन्ने खुलासा ६ महिनापछि शनिबार प्रदेश राजधानी पोखरामा गरे । आफूहरू गठबन्धन रहेको सबै प्रदेश सरकारमा सहभागी हुने र नीति तथा योजना आयोगको सदस्य पाउने सहमति भएको उनले खुलाए ।

अन्य प्रदेश सरकारमा सहभागी भए पनि गण्डकीका मुख्यमन्त्रीले आलटाल गरेको अध्यक्ष नेपालले दुखेसो पोखे । गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित सात वटा मन्त्रालय छन् । त्यसमा मुख्यमन्त्रीसहित कांग्रेसका ५ र माओवादी केन्द्रका २ जना मन्त्री छन् ।



Tags: