
माधव नेपाल
पोखरा, २३ मंसिर/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार निवास प्रकरणमा आफुले कुनै गल्ती नगरेको बताए । शनिबार समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दोषी प्रमाणीत गर्न चुनौती दिए ।
अध्यक्ष नेपालले आफू झण्डै दुई वर्ष प्रधानमन्त्री भएको बताउँदै त्यसबेला आँफ्नो प्रधानमन्त्री निवास विस्तारको योजना नै सुनाए । मन्त्रीपरिषद् बैठकको निर्णय नै सुनाएका उनले आफ्नो पालामा कसैलाई जग्गा दिने निर्णय नभएको प्रष्ट पारे ।
उनले कोही माइकालालले दोषी प्रमाणित गर्न नसक्ने बताए । अनाहकमा आफूलाई देखाएर भ्रष्टाचारको विषयलाई कमजोर नपार्न उनले आग्रह गरे ।
उनले जनताको छोराछोरी राष्ट्रपति हुन पाउने व्यवस्थालाई छाडेर राजतन्त्रको पछि लाग्न नहुने बताए । उनले जनाताका छोराछोरी राष्ट्रपति हुने, प्रधानमन्त्री हुने व्यवस्थाले छाडेर राजाको पछिा लागेको देख्दा राजावादीहरू प्रति कटाक्ष गरे । पूर्वराजा राजालाई उद्योग खोलेर जनतालाई रोजगारी दिन उनको सुझाव छ ।
उनले आफ्नो पार्टी जनहित विपरीत हुनै सबै कृयाकलापका विरूद्ध रहेको बताए । अध्यक्ष नेपालले सरकारलाई बेथिति र विसंगति अन्त्यकालागि पटक पटक ध्यानकर्षण गराइएको स्मरण गरे ।
उनले देशमा पछिल्लो समय अराजकतालाई समयमै अन्त्य गरिनुपर्ने बताए । देशको आर्थिक अवस्था सुधारका लागि ठोस कदम चल्न उनले आग्रह थियो । उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमा नै रहने वातावरण निर्माण गरिनुपर्नेमा उनको जोड्थियो ।





