कसैले इग्नोर गरे समाजवादी एक्लै चुनाब लड्छ -नेता नेपाल
पोखरा, २१ साउन/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संसदको निर्वाचनका लागि एकीकृत समाजवादी गठबन्धनको निर्णय कुरेर नबस्ने बताएका छन् ।
समाजवादी संगठन नेपाल कास्कीले पोखरामा आयोगित पत्रकार सम्मेलनमा नेता नेपालले ‘आगामी चुनावमा पार्टीले आफ्नो तयारी गर्छ । प¥यो भने एक्लै चुनाव लड्ने हो । संगठन बलियो बनाउनुस्, मत माग्न लाग्नुस्,’ उनले भने ‘गठबन्धनभित्र सीटको तालमेल छलफलको क्रममा छ । हामीलाई कसैले इग्नोर गर्छ भने मुर्खता मात्रै हो ।’ आगामी चुनावमा समाजवादीले अहिलेको भन्दा राम्रो सीटमा चुनाव जित्ने बताए ।
अध्यक्ष नेपालले कांग्रेस सभापति एवं प्रधानमन्त्री मिलेरै जानुपर्ने मान्यतामा रहे पनि कांग्रेसमा एक्लै बहुमत ल्याउँछु भन्ने अहंकारी रहेको उनले बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली अव सत्तामा आउने बाटो सकिएको बताए ।
उनले अबको निर्वाचन पछि ओलीको सम्भावना नरहेकोले एमालेका नेता कार्यकर्तालाई एकीकृत समाजवादी पार्टीमा लाग्न आग्रह गरे । उनले बामपन्थी शक्तिले दुई तिहाइ मत पाउँदा समेत देशलाई विकासको बाटोमा लान नसकेको भन्दै केही ब्यक्तिको दम्भका कारण कम्युनिष्ट आन्दोलनले नै धक्का खाएको बताए ।