
राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकीको सभापतिमा डा श्रेष्ठ, कास्कीमा गुरुङ
पोखरा, ८ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा शनिबार भएको भेलाले डा. ढाकाकुमार श्रेष्ठको सभापतित्वमा गण्डकी प्रदेशस्तरीय तदर्थ समिति गठन गरेको छ ।
त्यसै गरी भेलाले कास्की जिल्ला समितिको सभापति विष्णु गुरुङ एकतालाई चयन गरेको छ । रवि लामिछाने नेतृत्वको पार्टीले प्रदेश समिति १६ सदस्यीय समिति चयन गरेको छ ।
सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त रहेका छन् ।