राजनीति

लौरो अभियानमा कास्की सहित गण्डकीबाट १० जनाको उमेद्वारी घोषणा

लौरो अभियानमा कास्की सहित गण्डकीबाट १० जनाको उमेद्वारी घोषणा
पोखरा, १ असाज/लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन् । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ  बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।… पुरा पढौ

माओवादीबाट कास्की २ (क) मा पराजुली सिफारिस

जनकराज पराजुली
पोखरा, २९ भदौ/ कास्की २ (क) मा जनकराज पराजुली गण्डकी प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) कास्कीले पराजुलीलाई कास्की क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदका लागि सिफारिस गरेको हो । पोखरामा रहेर लामो समय देखी व्यवसाय, राजनीति र सामाजीक रुपमा सक्रिय छन् । २०५७ साल भुमिगत हुदाँ देखी उनी माओवादीमा सक्रिय रुपमा लागि रहेका छन् । उनी २०६१ सालमा हिरासतमा समेत परेका थिए । उनी माओवादीको वडा अध्यक्ष, इलाका इन्चार्ज, महानगरपाकिला कमितिका सचिब भएका… पुरा पढौ

कास्की निर्वाचन १ क मा एमालेबाट विष्णु पुनको चर्चा

विष्णु पुन
पोखरा, २९ भदौ/ पछिल्लो समय नेपाली राजनीतिमा युवाहरुको सक्रियाता बढ्दै गएको छ । युवाहरुको राजनीतिमा आक्रर्षण बढ्दै जादाँ पुराना पुस्ताहरु विस्तारै उनीहरुलाई सल्लाह र सुझाब दिने बाटोमा छन् । मसिर ४ गते हुने प्रदेश र संघिय निर्वाचनमा इच्छा देखाउने सबै पार्टीमा अघिकांश युवाहरु छन् । त्यस्तै नेकपा एमालेमा कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा एमालेका युवा नेता विष्णु पुनले इच्छा देखाएका छन् । उनी युवाहरु माझ लोकप्रिय र आस लाग्दा नेताका रुपमा चिनिन्न् छन् । विष्णु पुनको राजनीतिक यात्रानेकपा… पुरा पढौ

माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन– अध्यक्ष ओली

माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन– एमाले अध्यक्ष ओली
पोखरा, २८ भदौ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले मंसिरमा हुने निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै ओलीले माधव नेपालको पार्टिले ३ प्रतिशत कटाउन नसक्ने बताए । चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा कार्यकता नै नरहने ओलीको दाबी थियो । उनले माओवादी आन्दोलन पनि असफल भएको दाबी गरे । उनले माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नहुने बताए । पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्तागठबन्धनले देश बर्वादीमा… पुरा पढौ

एकीकृत समाजवादी कास्की अध्यक्षमा खड्ग हमाल

खड्ग हमाल
पोखरा, २५ भदौ/ एकीकृत समाजवादी कास्की अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । जिल्ला कमिटिको शनिबारको बैठकबाट हमाललाई अध्यक्ष चयन गरिएको हो । हमाल यसअघि जिल्ला कमिटि उपाध्यक्ष थिए । कार्यकारी राष्ट्रिय पद भएकाले पार्टीको प्रमुख पद नपाइने पार्टीको विधान अनुसार अध्यक्ष परिवर्तन गरिएको हो । जिल्ला कमिटि अध्यक्ष धनराज आचार्य गएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका मेयरमा निर्वाचित भएका थिए । उपाध्यक्षमा पूर्ण लामा र झपिन्द्र राज रेग्मीलाई चयन भएका छन् । लामा यस अगाडि जिल्ला कमिटीमा उपसचिव रहेका… पुरा पढौ

एमाले गण्डकीले घोषणापत्रको लागि माग्यो सुझाब

पोखरा, २३ भदौ/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीले मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रदेश सभा निर्बाचनको घोषणा पत्र तयारीका लागि सुझाब संकलन शुरु गरेको छ । समृद्ध गण्डकी प्रदेश निर्माणको लागि आफ्नो पार्टीको तर्फबाट समेटिनुपर्ने बिषयका लागि सम्पुर्ण नेता, कार्यकर्ता सुझाव संकलन गरि घोषणापत्र तयार गरिने उक्त पार्टीको गण्डकी प्रदेश कमिटिले जनाएको छ । नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र तयार गर्ने कार्य अगाडि बढेको हुँदा यहाँहरुका महत्वपूर्ण सुझावको अपेक्षा राख्दछौँ घोषणा पत्र मस्यौदा समितिको… पुरा पढौ

राप्रपा कास्की क्षेत्र नम्बर २ बाट २२ जनाको नाम सिफारिश, प्रदेश ख मा अरुण गिरी सर्वसम्मत

प्रदेश ख मा अरुण गिरी सर्वसम्मत
पोखरा, २२ भदौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिश भएको छ । कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुंग, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त रहेका छन् । केन्द्रीय उपाध्यक्ष गुरुंगको नाम यसअघि क्षेत्र नम्बर… पुरा पढौ

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवारहरुको नाम सिफारिश, २३ जनाको दाबेदारी

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवारहरुको नाम सिफारिश, २३ जनाको दाबेदारी
पोखरा, २२ भदौ/ आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनाको नाम सिफाशि गरेको छ । पार्टीले गरेको सिफारिशको आधारमा प्रत्यक्षमा प्रतिनीधि सभातर्फ ५ जना, प्रदेशसभा क मा ५ र ख मा ३ जनाको नाम उल्लेख छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनीधिसभामा २ जना र प्रदेशसभामा ८ जनाको नाम सिफारिश भएको राप्रपा कास्कीले बताएको छ । प्रत्यक्ष प्रतिनीधिसभातर्फ कास्की १ मा राप्रपाको तर्फबाट… पुरा पढौ

कास्की ३ (ख) मा एमालेबाट राजिव पहारी एकल सिफारिस

राजिव पहारी
पोखरा, २० भदौ/ नेकपा एमालेले कास्की क्षेत्र नं. ३ (ख) बाट पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद राजिव पहारीको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गरेको छ । पार्टीको आइतवार वसेको बैठकले कास्की जिल्ला प्रतिनिधि सभा ३ अन्तर्गत प्रदेश सभा (ख) का लागि पहारीको नाम एकल सर्वसम्मत सिफारिस गरेको हो । राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष समेत रहनुभएका पहारीले पाँच वर्ष अघिको निर्वाचनमा सो क्षेत्रबाट भारी मतका साथ विजयी हाँसिल गर्नुभएको थियो । सोही क्षेत्रबाट फेरीपनि आफ्नों नाम सिफारिस भएपछि… पुरा पढौ

कास्की २ मा एमालेबाट प्रतिनिधि सभा निर्वाचनका लागि ४ जना आकांक्षी

एमाले कास्की २ को बैठकः तस्बिर किशोर बरालको फेसबुकबाट
पोखरा, १९ भदौ/ आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा एमालेबाट ४ जनाले आकांक्षी देखीएका छन् । एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, कास्की क्षेत्र नम्बर २ को पुर्ण बैठकमा ४ जनाले प्रतिनिधि सभा निर्वाचनमा भाग लिने इच्छा जाहेर गरेका हुन् । आकांक्षीमा अहिले क्षेत्र नम्बर २ कै संघिय सांसद बिद्या भट्टराई अधिकारी, गण्डकी प्रदेशकी सांसद प्रभा कोइराला, एमाले नेता केशब आचार्य र भुपेन्द्र गिरी रहेका छन् । पुरा पढौ