माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन– अध्यक्ष ओली

-


     क्लिक गण्डकी     
     भाद्र २८ गते २०७९ मा प्रकाशित


माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन– एमाले अध्यक्ष ओली

माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन– एमाले अध्यक्ष ओली

पोखरा, २८ भदौ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले मंसिरमा हुने निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै ओलीले माधव नेपालको पार्टिले ३ प्रतिशत कटाउन नसक्ने बताए ।

चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा कार्यकता नै नरहने ओलीको दाबी थियो । उनले माओवादी आन्दोलन पनि असफल भएको दाबी गरे । उनले माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नहुने बताए ।

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्तागठबन्धनले देश बर्वादीमा लगेको बताए । ‘सत्तागठबन्धनले देश बर्बादीतर्फ धकेलिरहेको छ । परराष्ट्र सम्बन्ध बिगारेको, राष्ट्रियतामा संकट उत्पन्न पारिरहेको छ’ उनले भने, ‘यो सरकारले स्वाधीनताको स्वतन्त्रताको उपयोग गर्ने हिम्मतै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुटतन्त्र गर्ने उसको उद्देश्य हो । देश विकास र जनताप्रति उत्तरदायी हुने कुनै कामै गरेको छैन ।’

देशको अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा सत्तागठबन्धनले बजेट बनाउन केही व्यापारिक प्रतिनिधि राखेर कर्जा दर तोकेको बताए । ओलीले आगामी निर्वाचनपछि पनि एमालेको सरकार नबने देश रणमैदान बन्ने बताए । सरकार परमादेशबाट बनेको र देशलाई रणमैदान बनाउने सम्झौता गरेको उनको आरोप छ । त्यस्तै, उनले यो निर्वाचन सामान्य नभएको समेत बताए । उनले एमसीसी र एसपीपीबाट नेपालमा शक्ति राष्ट्रको चलखेल बढेको दाबी गरे ।