माओवादीबाट कास्की २ (क) मा पराजुली सिफारिस

-


     क्लिक गण्डकी     
     भाद्र २९ गते २०७९ मा प्रकाशित


जनकराज पराजुली

जनकराज पराजुली

पोखरा, २९ भदौ/ कास्की २ (क) मा जनकराज पराजुली गण्डकी प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) कास्कीले पराजुलीलाई कास्की क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदका लागि सिफारिस गरेको हो ।

पोखरामा रहेर लामो समय देखी व्यवसाय, राजनीति र सामाजीक रुपमा सक्रिय छन् । २०५७ साल भुमिगत हुदाँ देखी उनी माओवादीमा सक्रिय रुपमा लागि रहेका छन् । उनी २०६१ सालमा हिरासतमा समेत परेका थिए ।

उनी माओवादीको वडा अध्यक्ष, इलाका इन्चार्ज, महानगरपाकिला कमितिका सचिब भएका छन् । विभिन्न सामाजीक संघ संस्थामा सक्रिय रहदै आएका छन् । कोरोनाका बेला खाना खुवाने अभियान पनि उनी सगँको टोलीले पोखरामा चलाएको थियो ।

पराजुली कपडा व्यवसायी एशोसिएशन कास्कीका पूर्व अध्यक्ष हुन् । उनले कपडा, किराना र कृषि फार्म लगाएत सञ्चालन गर्दै आएका छन् ।



Tags: