विष्णु पुन
पोखरा, २९ भदौ/ पछिल्लो समय नेपाली राजनीतिमा युवाहरुको सक्रियाता बढ्दै गएको छ । युवाहरुको राजनीतिमा आक्रर्षण बढ्दै जादाँ पुराना पुस्ताहरु विस्तारै उनीहरुलाई सल्लाह र सुझाब दिने बाटोमा छन् ।
मसिर ४ गते हुने प्रदेश र संघिय निर्वाचनमा इच्छा देखाउने सबै पार्टीमा अघिकांश युवाहरु छन् । त्यस्तै नेकपा एमालेमा कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा एमालेका युवा नेता विष्णु पुनले इच्छा देखाएका छन् । उनी युवाहरु माझ लोकप्रिय र आस लाग्दा नेताका रुपमा चिनिन्न् छन् ।
विष्णु पुनको राजनीतिक यात्रा
नेकपा एमाले र त्यसका जनसङठन अनेरास्ववियु , प्ररायु सघ , युवा सघ नेपाल , राष्ट्रिय युवा सघ नेपाल, नेपाल खेलकुद महासघ सम्म, एमालेको वडा कमिटी देखि नगर र जिल्ला कमिटी सम्म राजनीतिक जिवन बेतित गरेका छन् ।
मध्यम वर्गिय परिवारको सदस्य पुन पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर तह सम्म अध्ययन गरेका छन् । १३ बर्षको उमेर देखी नै विद्यार्थी राजनीतिमा होमिएका उनी अनेरास्ववियु प्राक अध्यक्ष, क्षेत्रीय सदस्य हुदै जिल्ला कमिटी सदस्य सम्म पुगेका छन् । २०६२/६३ सालको जनआन्दोलनमा पनि उनी सक्रिय रुपमा लागेका थिए ।
राजनीतिमा युवाहरुको सहभागीको लागि जोड दिने नेताका रुपमा उनी चिनिन्छन् । युथ फोर्स लेखनाथ नगर कमिटीको सचिब र सयोजक हुदै युवा राजनीतिमा प्रबेश गरेका थिए ।
२०६९ सालमा युवा सघ नेपाल कास्किको नबौ जिल्ला अधिबेशनबाट सचिब, २०७० सालमा कास्की संयोजक र २०७१ सालमा जिल्ला अध्यक्ष बनेका थिए । २०७५ सालमा युवा सघ नेपालको केन्द्रिय कमिटी सदस्य भएका थिए ।
२०७८ सालमा नेकपा एमालेको दशौ कास्की जिल्ला अधिबेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाची भएर अहिले पनि सक्रिय राजनीतिमा छन् ।
खेलकुदलाई नजिकबाट नियाल्ने उनी २०७८ नेपाल खेलकुद महासघ केन्द्रिय कमिटी सदस्य र गण्डकी प्रदेश अध्यक्ष हुन् ।